arrow

सचिवको अकर्मण्यताले अर्थमन्त्रालयका उपसचिवहरु बरण्डामा हाजिर गर्दै, फर्किंदै

logo
प्रकाशित २०७६ कार्तिक ६ बुधबार
rajan-khanal.jpg

काठमाडौं। अर्थमन्त्रालयका सचिव राजन खनालको अर्कमण्यताका कारण अर्थमन्त्रालयका केही उपसचिवहरु महिनौंदेखि बरन्डामा हाजिर गर्दै फर्किने गरेका छन् । निजामती सेवा ऐनमा विनाजम्मेवारी राख्न नपाउने ब्यवस्था छ । तर सचिव खनालले महिनौंदेखि उपसचिवहरुलाई विना जिम्मेवारी राखेका छन् । पद रिक्त भए पनि जिम्मेवारी नदिएका कारण राजस्व समूहका उपसचिवहरु अर्थमन्त्रालयमा जाने र बरण्डामा हाजिर गर्दै फर्किने गरेका छन् । सचिव खनालले यो बर्ष भन्सार कार्यालयका कर्मचारीहरुको सरुवा समेत गर्न सकेनन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हरेक बर्ष भदौभित्र सरुवा गर्छ । मन्त्रालयले असोज १५ भित्र २ बर्ष पुगेका कर्मचारीको सरुवा गर्नुपर्ने हुन्छ । असोज १५ देखि ३० सम्म विभागले सरुवा गर्ने गर्दछ । तर यो बर्ष मन्त्रालयले नै भन्सार र कर कार्यालयका २ बर्ष अवधि पुगेका कर्मचारीको सरुवा गर्न सकेन । निजामती सेवा ऐनमा प्रत्येक २ बर्षमा सरुवा गर्नुपर्ने ब्यवस्था राखिएको छ । त्यो ब्यवस्था कार्यान्वयन गर्ने मुख्य दायित्व प्रशासनिक नेतृत्व गर्ने सचिवको हो । तर सचिव खनालले यो बर्ष २ बर्ष अवधि पुगेका भन्सार र करका कर्मचारीको सरुवा गर्न सकेनन् । 

खनाल समावेशी आयोगको अध्यक्ष हुनका लागि दौडधूपमा लागेका छन् । यसअघि अध्यक्ष भएका पूर्वअर्थसचिव शान्तराज सुवेदीले काम गर्ने वातावरण नभएकाले राजीनामा दिएपछि समावेशी आयोगको अध्यक्ष रिक्त छ । उक्त पदमा जानका लागि खनालको विशेष जोड छ । मंगलबार विपक्षी दलका नेता शेरबहादुर देउवाको अनुरोधमा संवैधानिक परिषद बैठक स्थगित नभएको भए खनाल समावेशी आयोगमा सिफारिस हुने चर्चा थियो । आफू एकपछि अर्को पदमा जान लालायित हुँदा पनि उनले भने किन उपसचिवहरुलाई काम विहिन बनाएका छन धेरैले प्रश्न गरेका छन् । कतिपयले उनीमाथि अर्थमन्त्रीलाई मनाउन नसक्दा उपसचिवहरुको जिम्मेवारी तोक्न नसकेको बताएपनि प्रसासनिक नेतृत्व भएका कारण सबै जिम्मेवारी खनालले नै लिनुपर्ने कर्मचारीहरुको मत छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ