arrow

ह्यास ट्यागनै ट्रेडमार्क !

logo
प्रकाशित २०७२ चैत २५ बिहिबार
twiter_640x360_._nocredit.jpg.jpeg
एजेन्सी ।  अनलाइन संसारमा ट्रेन्ड प्रवृतीले सबै माथि राज गरेको छ ।  जसले अनलाइन ट्रेन्ड  गर्न सक्छ उसैलाई सबैले फलो गर्न चाहन्छन् र जोडिन्छन् पनि। कम्पनीहरु ट्रेन्डको फाईदा उठाएर ग्राहक सम्म पुग्ने चाहन्छन् भने उपभोक्ताहरु ट्रेन्डलाई पछ्याएर आफ्ना कुराहरु दोस्रो व्यक्तिसम्म पुर्‍याउन चाहन्छन् । यसै कारण पनि कम्पनिले आफ्नो ग्राहक समक्ष अनलाइन  कुरा गर्न आवश्यक भएको छ । कम्पनिहरु आफ्नो ह्यास ट्यागलाईनै आफ्नो ट्रेडमार्कको रुपमा बिस्तार गरिरहेका छन् । 
 
वाल स्ट्रीट जर्नलले प्रकाशित गरेको एक रिपोर्टका अनुसार जुन कम्पनीले अनलाइन मार्केटिङ्गलाई तिब्र रुपमा गर्दछ उसलाई ह्यास ट्याग अनिवार्य आवश्यकता भएको छ। रिपोर्टका अनुसार सन् २०१५ मा विश्वभरमा १३९८ ह्यास ट्यागको लागि ट्रेडमार्कको आवेदन दिइएको थियो। 
सन् २०१० मा सात बटा मात्र यस्ता आवेदन  विश्व भरबाट लिइएको थियो भने सन् २०१४ मा १०३ ट्रेडमार्कमा गर्ता गरिएको थियो। टि-२० विश्व कपको क्रममा पेप्सीको विज्ञापन ह्यास ट्याग सहित पहिलो पटक बजारमा आएको थियो । ह्यास ट्यागको  शुरुवात ट्वीटरबाट भएको हो । यसमा कुनै पनि शब्द लेख्न सकिनेछ जसको अगाडी # चिन्ह हुनेछ। हाल यो प्रचलन पुरै इन्टरनेटमा फैलिएको छ। यदी तपाई आफ्नो कुरा संसार भर पुर्याउन चाहनुहुन्छ भने आफुले लेख्न चाहेको बाक्यको अगाडि ह्यास ट्याग राख्नुहोस् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ