arrow

वर्तमान सरकार पूर्णरुपमा असफलः लेखक

ओलीले तत्काल राजिनामा दिनुपर्छः कर्ण

logo
प्रकाशित २०७२ चैत २५ बिहिबार
ramesh-lekhaka-420x250.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसका नेता रमेश लेखकले ओली नेतृत्वको वर्तमान सरकार पूर्ण रुपले असफल भएको दाबी गरेका छन् । बिहिबार रिपोर्टर्स क्बल नेपालले सरकार गठन भएको ६ महिनाको सन्र्दर्भ पारेर सरकारको समिक्षा गर्न आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले वर्तमान सरकारले यो अवधिमा सरकारले केही पनि राम्रा काम नगरेको आरोप लगाएका हुन् । उनले भने,‘‘सरकारले जनताका न्यूनतम आवश्यकत्ता पूरा गर्ने काम समेत गर्न सकेको छैन, न त भूकम्पपछिको पूर्ननिर्माणलाई नै अगाडि बढाउन सकेको छ ।’’
 
साक्षात्कारमा नेता लेखकले प्रधानमन्त्री केपी ओली स्वयमले पनि आफ्नो नेतृत्वको सरकारले राम्रो काम गरेको छ भन्ने ठाउँ नभएको भन्दै सरकारले आम जनतालाई रमाईला उखानटुक्काको माध्यमबाट पेट भर्ने काम मात्रै गरेको टिप्पणी गरे । 
 
कालोबजारीको विउ समेत नास गर्ने उद्घोष गरेका प्रधानमन्त्रीले कालोबजारीलाई नै प्रोत्साहन गर्नेगरि ऐन संशोधन गरेको बताउँदै उनले भने,‘मधेश आन्दोलन, नाकाबन्दी लगायत सबैखाले अप्ठ्यारा परिस्थितिको अन्त्य भैसक्दा पनि यो सरकारले कालोबजारी रोक्न सकेको छैन, बरु संसदलाई छलेर कालोबजारीसम्बन्धीको १० वर्षको कैदलाई १ वर्षमा झार्ने काम गरेको छ ।’ 
 
व्यवस्थापिका संसदको अधिवेशन बोलाउन नसक्नुले समेत यो सरकारको असफलताकोवारेमा मूल्यांकन गर्न सकिने बताउँदै लेखकले भने,‘‘महत्वपूर्ण कामहरु यो असरकारले अध्यादेशको माध्यमबाट गरिरहेको छ र गर्न उद्धत देखिन्छ ।’’ 
 
आफ्नो पार्टी अहिले सरकार गिराउने र बनाउने खेलमा सरिक नहुने भन्दै प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नमा केद्रित हुने उनको भनाई छ । उनले भने,‘हामी अहिलेको सरकारको नेतृत्वमा सहभागी हुँदैनौ, पार्टी सभापतिले समेत सरकारमा नजाने भनिसक्नुभएको छ, अब हामी सशक्त प्रतिपक्षको भूमिकामै केन्द्रित हुन्छौं ।’ यद्धपी नेता लेखकले वर्तमान सरकारले राम्रो काम गरे रचनात्मक रुपमा त्यसलाई सफल बनाउन सहयोग पुर्‍याउन आफ्नो दल सदैव तयार रहेको स्पष्ट पारे । 
 
सत्तारुढ दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले वर्तमान सरकारको ६ महिने कार्यकाल सन्तोसजनक नै रहेको टिप्पणी गरे । निकै अप्ठ्यारो परिस्थितिमा सरकार गठन भएको उल्लेख गर्दै सचिव ज्ञवालीले भने,‘विषम परिस्थितिका बावजुद पनि सरकारले अन्र्तराष्ट्रिय सम्बन्ध जुन खालले विकास गरेको छ, त्यसलाई सानोतिनो कामको रुपमा मूल्यांकन गर्न मिल्दैन, यो ठूलो सफलता हो ।’’
 
उनले मुलुकलाई आत्मनिर्भरता र भूपरिवेष्ठित् राष्ट्रको रुपमा पाउनुपर्ने सुविधा दिलाउन सरकारले पारवाहन सन्धि गरेर उल्लेखनीय काम गरेको उल्लेख गर्दै भने,‘सायद अहिलेको पुस्ता नाकाबन्दी व्यहोर्ने अन्तिम पुस्ता हो, आउने पुस्ताले अहिलेकोजस्तो समस्या व्यहोर्नु पर्देन त्यसको श्रेय अहिलेको सरकार नै हो ।’ 
कालोबजारी लगायत विभिन्न सामाजिक न्यायसम्बन्धीका ऐनहरु संशोधन गर्दा सरकारले चोर बाटो अपनायो भनेर काँग्रेस नेता लेखकले लगाएको आरोपको खण्डन गर्दै नेता ज्ञवालीले भने,‘ऐन संशोधन गर्दा थाहै दिएन भन्नु लज्जास्पद हो ।’ यद्धपी उनले ऐन संशोधन गर्दा ठूलै भूल भएको भए तत्काल संशोधन गर्नुपर्ने आवश्यकत्ता समेत औल्याए ।
 
उनले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा डोर्‍याउन, आम निर्वाचन सम्पन्न गर्न, पूर्ननिर्माणको काम सम्पन्न गर्न आगामी २ वर्षसम्म यो सरकारले नै नेतृत्व गर्ने दाबी समेत गरे । आधारभूत रुपमा मधेश आन्दोलन टुँग्एिको दाबी गर्दै ज्ञवालीले एक साताभित्रै मधेशी मोर्चासँग सघन वार्ता हुने जानकारी दिए । उनले भने ‘मेधशी मोर्चाको माग सम्बोधन गर्न र सिंमाकन विवाद हल गर्न सिंमाकन पूनारोवलोकन समिति गठन भैसकेको छ, अब छिट्टै यसले काम गर्छ ।’ मेधशी मोर्चासँग वार्ता गर्न आफूहरु २४ सै घण्टा खुल्ला रहेको समेत उनले प्रतिबद्धता व्यक्त गरे । 
 
संविधान जारी गर्दाको प्रमुख हिस्सेदारको नाताले पनि नेपाली काँग्रेस संविधानको सफल कार्यान्वयनको निम्ति सरकारमा सहभागी हुनपर्ने तर्क गर्दै सचिव ज्ञवालीले 
भने,‘संविधान कार्यान्वयन गर्ने हकमा नेपाली काँग्रेसले प्रतिपक्षमा बस्छु भन्न सुहाउँदैन, यदि सशक्त प्रतिपक्षमा बस्छौं भन्नुहुन्छ भनेपनि ठिकै छ ।’ उनले यदि काँग्रेसले भूल सूधार गरेर संयुक्त राष्ट्रिय सहमतिको सरकारमा आएको खण्डमा भने आफूहरु सदैव स्वागत गर्न तयार रहेको स्पष्ट पारे । 
 
सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको भन्दै तत्काल राजिनामको माग गरे । उनले भने,‘जनतालाई सास्ती दिनेवाहेक यो सरकारले केही नयाँ काम गरेको छैन्, सम्रगमा यो सरकार असफल भएको छ, नैतिकताका आधारमा पनि तत्काल राजिनामा दिनुपर्छ ।’
 
प्रधानमन्त्री ओलीले हाँस्यव्यँग्य गर्न बाहेक केही गर्न नजानेको आरोप लगाउँदै नेता कर्णले एक हप्ताभित्र सहमति नगरे बैशाख पहिलो साताभित्रै आन्दोलन गर्ने चेतावनी दिए । उनले भने,‘चैत्र मसान्तसम्मको समय हामीले दिएका थियौं तर आजसम्म सरकारले कुनै चासो देखाएको छैन, अब बैशाखबाट हामी आन्दोलन छेड्छौं ।’ अब हुने आन्दोलन मधेशमा मात्रै केन्द्रित नभएर हिमाल र पहाडमा समेत हुने उनले जानकारी दिए । 
 
आफूहरुले आन्दोलन स्थगित् गरेको महिना दिन बित्दा पनि जनताले सास्ती व्यहोर्नुपरिरहेको उल्लेख गर्दै वर्तमान सरकार आँफै कालोबजारी, माफिया र कमिशनखोरमा लागिपरेको आरोप समेत लगाए । आन्दोलनको सुरुवात काठमाडौंबाट गर्ने तय भैसकेको भन्दै यसपटक नाकामा धर्ना दिने कार्यक्रम नभएको उनको जिकिर छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ