arrow
ADVERTISEMENT

छात्रा जीवितै जलाएको अभियोगमा सोह्र जनालाई मृत्यु दण्ड

logo
प्रकाशित २०७६ कार्तिक ७ बिहिबार
nusrat.jpg

बङ्गलादेश । बङ्गलादेशको एक अदालतले १६ जनालाई बिहीबार मृत्युदण्डको सजाय सुनाएको छ ।

उनीहरुलाई एक छात्रा जीवितै जलाएको अभियोगमा दोषी ठहर गरिएको थियो । गत अप्रिल महिनामा फेनी नगरमा १९ वर्षीया नुसरत जहान रफीको जलाएर हत्या गरिएको थियो ।

नुसरतले एक शिक्षकले आफूलाई यौन दुरव्यवहार गरेको आरोपमा मुद्दा दायर गरेकी थिइन् । सो मुद्दा फिर्ता लिन अस्विकार गरेपछि उनको जलाएर हत्या गरिएको बताइएको छ ।

‘यस फैसलाले बङ्गलादेशमा हत्याबाट कोही पनि उम्कन सक्दैन भन्ने प्रमाणित गर्दछ । न्यायाधीस हाफिज अहमदले भनेका छन् । ‘हाम्रो देशमा कानुनको शासन छ’ उनले पत्रकारलाई बताए।

सो हत्यामा प्रधानाध्यापक बाहेक उनका दुई सहपाठी छात्राको पनि संलग्नता भएको अदालतले ठहर गरेको छ । नुसरत मृत्युको घटनाले बङ्लादेशलाई स्तब्ध बनाएको थियो । त्यसपछि उनको न्यायको माग गर्दै शृखला वद्धरुपमा प्रदर्शन भइरहेका थिए ।

यस्ता खालका मुद्दाको टुङ्गो लाग्न वर्षौँ लाग्ने गरेको बङ्लादेशमा नुसरतको मुद्दा अदालतले निकै छोटो समयभित्रै फैसला गरेको समाचारमा जनाइएको छ ।

न्यायाधीस अहमदले समाचारदातासँग अदालतको यो फैसलापछि बङ्गलादेशमा हत्या गरी सहजै उम्किन नसक्ने तथ्यलाई प्रमाणित गरिदिएको बताएका छन्।

नुसरतले आफ्ना प्रधानाध्यापक सिरज उद दउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै प्रहरीलाई उजुरी दिएकी थिइन् ।

त्यसको ११ दिनपछि गत अप्रिल ६ मा उनलाई विद्यालयको छानामा बोलाएर बुर्का लगाएका चारपाँच जनाले घेरेर उजुरी फिर्ता लिन दबाव दिएका थिए ।

उजुरी फिर्ता लिन अस्वीकार गरेपछि उनलाई जीवितै जलाइएको थियो । उनले आत्महत्या गरेको जस्तो देखाउन खोजिएको भए पनि पछि हत्या प्रमाणित भएको छ ।

प्रहरीले उनको उद्धार गरेको र उनले घटनाको विषयमा दिएको बयान उनका भाइले मोबाइल फोनमा रेकर्ड गरेका थिए ।

बयानको क्रममा नै नुसरतले केही आक्रमणकारीको नाम बताएकी थिइन् । शिक्षकले आफूलाई छोएको, सो अपराध विरुद्ध सास रहुञ्जेलसम्म लडिरहने बताएकी थिइन् । शरीरका ८० प्रतिशत भाग जलेका कारण उनको चार दिनपछि मृत्यु भएको थियो ।एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ