arrow

राप्रपाका केन्द्रीय सदस्य बुढा सहित डोल्पाका ५३ जना कांग्रेसमा प्रवेश

डोल्पामा कांग्रेसलाई २०४८कै अवस्थामा पुर्‍याउने प्रतिवद्धता

logo
प्रकाशित २०७६ कार्तिक ७ बिहिबार
dolpa-rpp-congress-enter.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य कर्ण बुढासहित डोल्पाका ५३ जना नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा राप्रपा कर्णाली संयोजक समेत रहेका बुढासहितका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । केन्द्रीय समितिको वैठककै अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टी सदस्यता दिइ नवप्रवेशीहरुलाई पार्टीमा प्रवेश गरेका हुन्। पार्टी प्रवेश कार्यक्रमामा वरिष्ठ नेता रामचन्द्र पौडेलले खादा ओढाइ पार्टीमा स्वागत गरेका थिए। पार्टी प्रवेश कार्यक्रममा उपसभापतिहरु विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्री कृष्ण सिटौलालगाएतका नेताहरु थिए । 

कांग्रेस उपसभापति निधिले राप्रपाका नेता कार्यकर्ताहरुको कांग्रेस प्रवेशले सिंगो राप्रपा डोल्पा कांग्रेस प्रवेश सरह भएको बताए ।

पार्टी प्रवेशपछि बोल्दै नेता बुढाले डोल्पामा कांग्रेसलाई २०४८ कै कांग्रेसको अवस्थामा ल्याउने दाबी गरे । उनले कांग्रेसलाई पुरानै अवस्थामा ल्याउन नसके आगामी निर्वाचनपछि राजनीति त्याग्ने घोषणासमेत गरे । कांग्रेसले २०४८ यता डोल्पाबाट कुनै चुनाव जित्न सकेको छैन ।

कार्यक्रममा केन्द्रीय सदस्य जीवनबहादुर शाहीले बुढासहितका राप्रपाका नेता कार्यकर्ता कांग्रेस प्रवेशले आगामी निर्वाचनमा कांग्रेसको जीत हुने विश्वास व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ