arrow

दक्षिण भारतमा तातो हावाबाट सत्तरी जनाको मृत्यु

logo
प्रकाशित २०७२ चैत २५ बिहिबार
india-map-and-flag-1310791.png.png
नयाँ दिल्ली । गत केही दिनयता दक्षिणी भारतीय राज्य तेलाङ्गानामा तातो हावाबाट कम्तीमा ७० व्यक्तिको मृत्यु भएको छ । एक वरिष्ठ सरकारी अधिकारीले बिहीबार सो जानकारी दिएका छन् । यस प्रकोपबाट सो राज्यको मेहबुबनगर जिल्लामा सबभन्दा बढी व्यक्तिले ज्यान गुमाएका बताइएको छ । 
 
यसप्रकार तातो हावाबाट ज्यान गुमाउनेहरुमा खुल्ला आकाशमुनि काम गर्ने श्रमिक र कृषिजन्य कामको लागि भूमिमा काम गर्ने व्यक्ति रहेका अधिकारीले  जानकारी दिए । आगामी दिनका मौसममा तातोपन अझै बढ्ने मौसम विज्ञहरुको अनुमान रहेको हुनाले बिनाकाम तातो घाम बाहिर नजानसमेत सरकारद्वारा सर्वसाधारणलाई आग्रह गरिएको छ । 
 
सन् २०१५ मा पनि भारतको तेलाङ्गाना र छिमेकी पर्ने राज्य आन्ध्र प्रदेशमा तातो हावाबाट पाँच सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ