arrow
ADVERTISEMENT

भारतको महाराष्ट्र र हरियाणामा नरेन्द्र मोदीको भाजपा बन्यो ठूलो दल, राज्य सरकारको नेतृत्व भाजपाकै

भाजपाको परिणाम २०१४ मा भन्दा कम

logo
प्रकाशित २०७६ कार्तिक ७ बिहिबार
narendra-modi-amit-shah.jpeg

काठमाडौं। दोस्रोपटक भारत सरकारको नेतृत्वमा नरेन्द्र मोदी आएपछि भएको दुई राज्यको विधानसभाको चुनावमा भारतीय जनता पार्टी भाजपा ठूलो दलको रुपमा आएको छ। महाराष्ट्र र हरियाणाको बिहिवार भएको मतगणनामा भाजपा पहिलो दल भएको छ। 

महाराष्ट्रमा शिवसेनासँग मिलेर चुनाव लडेको भाजपा त्यहाँ ठूलो दल बन्दै गर्दा संयुक्त रुपमा सरकार बनाउने अवस्थामा छ। तर अर्को राज्य हरियाणामा भने त्यो स्थिति रहेन। 

५ महिना पहिला ल्याएको प्रचण्ड वहुमतको विपरित भाजपा हरियाणामा सामान्य वहुमत ल्याउन चुकेको छ। लोकसभाको चुनावको नतिजालाई हेरेर ८८ सीट मध्ये ७५ सीट ल्याउने दावी गरिरहँदा भाजपा जम्मा ४० सीटमा चित्त बुझाउन वाध्य भयो। हरियाणामा ६ सीटले सरकार बनाउन पछि रहेपनि जननायक जनता पार्टी जेजेपीले समर्थन गर्ने अपेक्षा भाजपाले गरेको छ। केहि स्वतन्त्र र अन्य साना दललाई समेत समेटेर भाजपाले हरियाणामा सरकार बनाउने अपेक्षा गरेको छ। 

हरियाणामा भाजपाको कम सीट जित्नुमा उसको अति आत्मविश्वासलाई पनि एक कारण मानिएको छ। भाजपाको टिकट लिएर चुनाव लड्ने जो पनि जीत्छ भन्ने अति आत्मविश्वास उसको लागि घाटाको विषय भएको छ। 

राष्ट्रवाद, अनुच्छेद ३७०, सर्जिकल स्ट्राइकलाई मुख्य मुद्धामा बनाइ चुनावमा होमिएको भाजपाको यि मुद्धामा क्षेत्रीय मुद्धा हावी भएको छ। जुन कुरामा भाजपाको कमजोरी देखिएको छ। 

महाराष्ट्रमा भाजपाले १०५ सीट ल्याएको छ भने शिव सेनाले ५७ सीट ल्याएको छ। दुई दल मिलेर सरकार बनाउन सक्षम भएपनि कस्ले मुख्यमन्त्री बनाउने भन्नेमा शिव सेनाका अध्यक्ष उद्धव ठाकरेले आधा आधा सुत्रको कुरा उठाएर अप्ठ्यारोमा पारेका छन्। यद्यपी प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित मुख्यालयमा पार्टी कार्यकर्ताहरुलाई सम्वोधन गर्दै आगामी ५ बर्ष महाराष्ट्रमा देवेन्द्र फणनविस मुख्यमन्त्री हुने भन्दै ठाकरेलाई घुमाउरो जवाफ दिएका छन्। सरकार वनाउने वहुमत नभएपनि अन्य दलको सहयोगमा फेरि मनोहरलाल खट्टर मुख्यमन्त्री बन्ने अपेक्षा गरेका छन्।

भाजपाकै अध्यक्ष तथा केन्द्रीय गृहमन्त्री अमित शाहले आगामी ५ बर्षलाई फेरि काम गर्न जनादेश दिएको भन्दै हरियाणाका जनतालाई धन्यवाद दिए। महराष्ट्रका मतदातालाई धन्यवाद दिनु त ठीकै थियो तर सरकार बनाउने अझै ढुक्क नभएको हरियाणाका मतदातालाई पनि धन्यवाद दिए। कुशल रणनीतिकार मानिएका शाहको यो अभिव्यक्तिले हरियाणामा पनि भाजपाले सरकार बनाउने आँकलन गरिएको छ। 

समग्रमा भारतका दुई राज्यमा भाजपा ठूलो दलको रुपमा आउँदा पनि सरकार बनाउन आफ्नै बलबुतामा सक्षम नहुँदा उसलाई आफ्नै सहकर्मी दल शिव सेनाले महाराष्ट्रमा अप्ठ्यारो बनाउन सक्छ भने हरियाणामा सत्ताको साँचो लिएको जननायक जनता पार्टी जेजेपीले साँचो घुमाइदिन सक्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ