arrow
ADVERTISEMENT

कश्मीरको स्थिति सुध्रियो – अमेरिका

logo
प्रकाशित २०७६ कार्तिक ८ शुक्रबार

काठमाडौं । अमेरिकाले भारतको जम्मू–कश्मीरको स्थिति सुध्रिएको बताएको छ । उसले कश्मीरको राजनीतिक तथा आर्थिक स्थितिमा सुधार गर्नका लागि भारतले रोडम्याप बनाउनु पर्ने पनि अमेरिकाले बताएको छ । 

अमेरिकाले कश्मीरमा घुसपैठ हुन सक्ने कोशिशमा लागिरहेका आतंकवादी विरुद्ध सख्त कार्वाह ीगर्न पाकिस्तानलाई पनि आग्रह गरेको छ । 

दक्षिण मध्य एसियाका विदेश मामिला सहायक मन्त्री एलिस वेल्सले बिहीबार कश्मीरको हालतमा प्रगति आएको बताएका हुन् । 

पोष्टपेड मोबाइल सुरु भएको छ । यसले ४० लाख मानिसलाई फाइदा पुगेको छ । तर इन्टरनेट र एसएमएस अझै पनि प्रतिबन्धित छ । 

विदेश विभागको एक बैठकका क्रममा वेल्सले भने, ‘हामी चाहन्छौं कि कश्मीर तत्काल सामान्य स्थितिमा फर्कियोस् । त्यहाँ राजनीतिक बन्दीहरुलाई छोडियोस् र संचार व्यवस्था सही मार्गमा ल्याउने काममा पनि तीव्रता आओस् ।’

वेल्सले पाकिस्तानलाई चेतावनी दिँदै लश्कर ए तोएबा, जैश ए मोहम्मद र हिजबुल मुजाहिदिन जस्ता आतंकवादी संगठन कश्मीरको शान्तिमा अवरोध हुन् । यदि पाकिस्तान भारतसंग सुचारु रुपले छलफल गर्न चाहन्छ भने एलओसी पार गर्न खोज्ने आतंकवादीमाथि कार्वाही गर्नुपर्नेछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ