arrow
ADVERTISEMENT

एसेक्स घटनासँग सम्लग्न भएको आरोपमा थप दुई पक्राउ

logo
सिन्ह्वा,
प्रकाशित २०७६ कार्तिक ९ शनिबार
39-dead-body-london.jpg

लण्डन। लण्डनबाट उत्तरपूर्वमा रहेको एसेक्स इलाकामा ‘कन्टेनर’भित्र भेटिएका ३९ मृतशरीर बारेमा अनुसन्धान गर्न बेलायतको प्रहरीले थप दुई जनालाई शुक्रबार पक्राउ गरेको छ। घटनामा संलग्न भएको आशंकामा ३८ बर्षीय एक महिला र एक पुरुषलाई वारिङ्टन चेसायरबाट प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाउन लागेको हो।

घटनामा सम्लग्न रहेको हुनसक्ने आरोपमा २५ बर्षीय ‘कन्टेनर’ चालकलाई भने गत बुधबार नै पक्राउ गरिसकिएको छ। उत्तरी आयरल्याण्डका नागरिक ती चालकसँग प्रहरीले अहिले पनि रहस्यमय घटनाका बारेमा बयान लिइरहेको छ।

गत बुधबार आठ महिला र ३१ पुरुष गरी ३९ जनाको शव एउटा ‘कन्टेनर’भित्र रहेको अवस्थामा प्रहरीले भेट्टाएको थियो। शव चिनियाँ नागरिकको भएको हल्लापछि चिनियाँ टोली पनि अहिले बेलायत आएको अधिकारीहरूले जनाएका छन्।

स्थानीय समयानुसार राति १:४० मा ग्रेजस्थित वाटरग्लेड औद्योगिक क्षेत्रमा दर्जनौ शव भएको सूचना प्रहरीले पाएको थियो। शव भेटिएको लरी बुल्गेरियाबाट शनिवार बेलायत प्रवेश गरेको प्रहरीले जनाएको छ।

यसअघि सन् २००० को जुन महिनामा पनि ५८ चिनियाँ आप्रवासीको शव बेलायतकै डोभरमा एउटा लरीको पछाडि फेला पारिएको थियो। त्यतिबेला शवसँगै दुई जना भने जीवितै भेटिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ