arrow
ADVERTISEMENT

पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफलाई जमानतमा रिहा गर्न आदेश

logo
एएफपी,
प्रकाशित २०७६ कार्तिक ९ शनिबार
nawaz_sarif.jpg

लाहोर। पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई जमानतमा रिहा गर्न अदालतले शुक्रबार आदेश दिएको छ। भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगीरहको समय सरिफ विरामी भएर उपचारका लागि अस्पतालमा राखिएको वेला अदालतले जमानतमा रिहा गर्न आदेश दिएको हो।

स्वास्थ्य अवस्था विग्रिएर कमजोर भएपछि उनलाई केहीदिन अगाडि उपचारका लागि अस्पतालमा लगिएको थियो। उनको अहिले अस्पतालमै उपचार भइरहेको छ। लाहोरको उच्च अदालतले तीन पटक मुलुकको प्रधानमन्त्री हुनुभएका व्यक्ति विरामी भएर अस्पतालमा उपचार गराईरहेका बेला कैदीभन्दा पनि स्वतन्त्र पूर्वक उपचार गर्न सघाउने उद्देश्यले यस्तो आदेश दिएको बताइएको छ। सन् २०१७ देखि कारागारमा रहनुभएका सरिफलाई अदालतले एक करोड रुपैँया जमानत तोकेको छ। उनलाई अनिश्चितकालका लागि रिहा गर्न आदेश दिइएको हो।

उपचारमा संलग्न चिकित्सकहरुले पूर्वप्रधानमन्त्री सरिफको अवस्था चिन्ताजनक भएको पुष्टि गरेपछि अदालतले उहाँले रिहा गर्नुपर्ने निश्कर्ष निकालेको एक अधिकारीले बताएका छन्। चिकित्सकहरूले सरिफको रगतमा समस्या देखिएको र त्यसले शारीरिक अवस्था विग्रदै गएको बताएका छन्। सरिफलाई कहाँ राखेर उपचार गराउने भन्नेबारेमा अझै निधो भैनसकेको बताइएको छ। 

अदालतको आदेशमा सात बर्षे जेल सजाय भोगीरहनु भएका ६९ बर्षीय सरिफलाई गत मङ्लबार कारागारबाट अस्पताल लगिएको हो। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बन्दी जीवन बिताइरहेका पूर्वप्रधानमन्त्री सरिफको स्वास्थ्यमा समस्या देखिएको थाहा पाएपछि उपचारको व्यवस्था गर्न लगाएका थिए। 

प्रधानमन्त्री खानले सरिफलाई सम्भव भएसम्मको राम्रो उपचार सेवा दिन पनि सरोकारवाला सवैलाई निर्देशन दिएका छन्। “पूर्वप्रधानमन्त्री सरीफको स्वास्थ्यमा जटिल समस्या देखिएको छ। यतिबेला उनको स्वास्थ्य लाभको कामना गर्दछु,” प्रधानमन्त्री खानले ट्वीटरमा लेखेका छन्।

पूर्वप्रधानमन्त्री सरिफ जेल चलान भएपछि पाकिस्तान मुस्लिम लिग—नवाज (पीएमएल—एन) को नेतृत्व समेत लिएका उनका भाइ शहबाजले सामाजिक सञ्जाल ट्वीटर मार्फत् सरिफको स्वास्थ्यका बारेमा ध्यानाकर्षण गराएका थिए।   

पाकिस्तानको सर्वोच्च अदालतले उहाँलाई भ्रष्टाचारी ठहर गर्दै राजनीतिमा आजीवन अयोग्यसमेत हुनेगरी सात बर्ष जेल सजायको फैसला गरेको थियो।

सरिफले भने आरोपलाई अस्वीकार गरेका छन्। उनले राजनीतिक पूर्वाग्रहका आधारमा आफुलाई दोषी देखाइएको बताउदै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ