arrow

संसदीय दल कार्यसमिति निर्वाचन : सर्वसहमतिको प्रयास विफल, गुटगत रुपमा कसैले चुनाव नलड्ने

logo
प्रकाशित २०७२ चैत २५ बिहिबार
congress-flag.jpg.jpeg.jpeg
काठमाडौं । नेपाली काँग्रेस व्यवस्थापिका–संसद्, संसदीय दल कार्यसमितिका लागि मनोनयन दर्ता भएसकेका अवस्थामा सर्वसम्मत गर्न सहमति जुट्न नसकेपछी शुक्रबार निर्वाचन नै हुने भएको छ । मनोनयन दर्तापछि विहिबार साँझ बसेको तीनै पक्षका नेताहरुको छलफलमा सर्वसहमतिको वातावरण जुट्न सकेन । 
 
छलफलमा नेताहरुले कुनै गुट उपगुट भन्दा व्यक्तिगत रुपमा स्वस्थ प्रतिस्पर्धामा चुनाव लड्ने सहमति भने गरेका छन् । छलफलमा सहभागि नेताहरुका अनुसार गुटगत हिसावमा प्रतिस्पर्धा हुने छैन । काँग्रेस संसदीय दलको परिमार्जित विधानअनुसार सात प्रदेशबाट एक–एकजनाका दरले सातजना र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तअनुरुप विभिन्न आरक्षण १५ पदका लागि शुक्रबार निर्वाचन हुँदैछ । २२ पदका लागि ४२ जनाको उम्मेद्वारी परेको छ ।  
 
पीछडिएको क्षेत्रतर्फ एक पदका लागि राजिवविक्रम शाहको एकमात्र उम्मेदवारी परेकाले उनि निर्विरोध चयन भएका छन् । शाह जस्तै अन्य पदमा समेत सर्वसहमतिको प्रयास थालिएकामा त्यसो हुने सकेन । संसदीय दलको नेतामा समेत सभापति शेरबहादुर देउवाले सर्वसहमतिमा आफुलाई सघाउन पौडेललाई आग्रह गरेका थिए । तर, पछि सम्वाद गरी देउवा र पौडेल चुनाव लडेका थिए । देउवा संसदीय दलको नेता निर्वाचित भइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ