arrow

सेनाको घोडेजात्रा हेर्न राष्ट्रपति देखि स्थानीयसम्म

logo
प्रकाशित २०७२ चैत २५ बिहिबार
sena-ghodejatra.jpg.jpeg
काठमाडौं । नेपाली सेनाले भव्य रुपमा घोडेजात्रा मनाएको छ । विहिबार टुडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाको परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले घोडेजात्राको अवलोकन गरिन् । विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरुका साथ राष्ट्रिय पर्व “घोडेजात्रा समारोह ” भव्य रुपमा मनाइयो । घोडेजात्राको अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको थियो । 
 
समारोहमा अश्वकलाका विविध रोचक कार्यक्रमहरु ट्रिकराईड, टांगन र चार्जर घोडा दौड, साईकल रेस,  शो जम्प, ड्रिल राईड, ग्रुप टेण्ट पेगिङ्ग, क्रस टेण्ट पेगिङ्ग, लान्स हिट प्याक, लान्स पिक, भल्टिङ्ग, हर्ष ह्याण्डलिङ्ग, सिक्स बार, रेन फ्रि जम्प, म्युजिकल राइड, डग शो, हंगेरियन पोष्ट, क्रसकन्ट्रीजम्प र फायर जम्प प्रदर्शन भए । 
 
कार्यक्रममा राष्ट्रपति भण्डारीले म्यूजिकल राइडमा प्रथम हुने घोडसवार सह–सेनानी उमेश पुरी र द्धितिय हुने घोडसवार प्राविधिक सह–सेनानी डिल्ली नारायण श्रेष्ठ तथा शो–जम्पमा प्रथम हुने घोडसवार सेनानी बिक्रम देव थापा र द्धितिय हुने घोडसवार हुद्धा श्रवण चौधरीलाई शिल्ड प्रदान गरिन् । 
 
 
प्रधान सेनापति एवं महारथी राजेन्द्र क्षत्रीले अन्य विधाहरुमा विजयी हुने अश्वकलाका घोडसवार खेलाडीहरु तथा साईकल दौडका विजेताहरुलाई पुरस्कार वितरण गरे ।
घोडेजात्रा अवलोकन गर्न उपराष्ट्रपति नदबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सभामुख ओनसरी घर्तीलगायत सरकारका मन्त्री तथा कुटनीतिक नियोकका प्रमुख प्रतिनीधिहरु टुडिखेल पुगेका थिए । कार्यक्रममा सैजिक परिवार तथा स्थानीय नागरिक समेत उपस्थित रहे । 
 
 
 



नयाँ