arrow

खुम बहादुरमाथि देउवालाई असहयोग गरेको आरोप!

logo
प्रकाशित २०७२ चैत २५ बिहिबार
khum-bahadur.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसको महाधिवेशनमा सभापतिका उमेद्वार शेर बहादुर देउवालाई सहयोग गरेका पार्टी केन्द्रीय सदस्य खुम बहादुर खड्का माथि संसदीय दलको चुनावमा भने असहयोग गरेको आरोप लागेको छ। चुनाव नसकिदै आरोप प्रत्यारोप गर्दा राम्रो सन्देश नजाने भन्दै देउवा निकट नेताहरुले यो विषयमा आन्तरिक छलफल भने शुरु गरेका छन्। 
 
महाधिवेशन हुनु अघि सभापतिका प्रत्यासी शेरबहादुर देउवाले आफू निर्वाचित भए खड्कालाई उपसभापतिमा मनोनयन गर्ने प्रतिवद्धता जनाए पनि संसदीय दलको चुनाव अघी सम्म पनि नवनाएको भन्दै खड्का र उनी निकटहरु रुष्ट थिए। देउवाले दलको चुनाव अघी मनोनयन गर्न नसक्ने जनाउ खड्कालाई जनाउ पनि दिए। तर संसदीय दलको चुनावमा आफूलाई दलको चुनाव अघी नै उपसभापति नवनाएको भन्दै सांसद समेत रहेकी आफ्नी श्रीमती र अर्का एक विश्वासी सांसदले देउवालाई मत नहालेको देउवा क्याम्पमा चर्चा छ। उनका खास नजिकका भनिएका दुई जनाले देउवालाई नहालेर पौडेललाई मत हालेको आरोप छ। खड्का क्याम्पले आवेगमा आएर भन्दा पनि आफूलाई उपसभापति नवनाउने देउवाको संकेत पाएरै उनले यस्तो निर्णय गरेको हुनसक्ने स्रोत बताउँछ। खड्काले आफ्ना भनेर टाउको गनाउने गरेका कतिपयले भने देउवालाई नै मत दिएकोमा देउवा निकटहरु ढुक्क छन्। 
 
१२ औं महाधिवेशन पछि नेता खुमबहादुर खड्काकै सिफारिसमा देउवाले सभापति सुशील कोइरालालाई भनेर सहमहामन्त्री मनोनित गरिएको भनिएका पूर्णबहादुर खड्का र खुमबहादुर खड्काबीच पनि सम्वन्ध चिसिएको बताइएको छ। यो सम्वन्ध चिसिदा खुम बहादुरलाई उपसभापति बनाउन नदिने खेलमा पूर्ण बहादुर नै लागेको खुम बहादुर निकटहरुको आरोप छ। खुमबहादुरलाई उपसभापति बन्न रोक्न सके आफू महामन्त्री बन्न सक्ने विश्वासमा पूर्ण बहादुरले त्यस्तो गरेको आरोप खुम बहादुर पक्षको छ। 
 
खुम बहादुर काँग्रेस पदाधिकारीमा धेरै कारणले आउन नसक्ने आँकलन मात्र गरिएको छैन उनी आउन सक्ने सबै ढोका बन्द समेत गरिदै गरेको स्रोत बताउँछ। सभापति देउवाका खास विश्वासपात्र मानिएका विमलेन्द्र निधी अब उपसभापति हुनेमा निर्विवाद रहेको र उनी केहि दिनमा उपसभापतिमा मनोनित हुने पनि स्रोतको दावी छ। त्यो अवस्थामा महामन्त्रीमा पाका नेता कुल बहादुर गुरुङदेखि पूर्ण बहादुर खड्कासम्म दौडमा रहनेछन। नेता रामचन्द्र पौडेलको कुरा देउवाले सुनुवाई गरे महेश आचार्यलाई पनि देउवाले मनोनित गर्न सक्छन। आफ्नो समुहमा रहेका गोपालमान श्रेष्ठलाई भने उनले संसदीय दलको उपनेतामा थामथुम पार्न सक्छन। यो अवस्थामा सहमहामन्त्रीमा भने ज्ञानेन्द्र बहादुर कार्की प्रकाशशरण महत बालकृष्ण खाँड र चन्द्र भण्डारी मध्ये एकलाई बनाउनु पर्ने वाध्यतामा देउवा रहनेछन। सहमहामन्त्रीमा नपरेका एकलाई पार्टी प्रवक्ता बनाएर चित्त बुझाउन पनि सक्छन। तर पार्टीको पदाधिकारीमा नअटाएकाहरुलाई महत्वपूर्ण विभाग र पछि सरकार बन्दा महत्वपूर्ण मन्त्रालय दिने सहमतिमा देउवाले समैलाई मिलाउने तयारी गरेका छन। 
 
तर यतिखेर भने खुम बहादुर खड्काको बिषयले भने देउवा र देउवा निकटहरुका बीचमा राम्रै चर्चा पाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ