arrow

श्रीलंका–अस्ट्रेलिया दोस्रो टी२० क्रिकेट जारी

logo
एएफपी,
प्रकाशित २०७६ कार्तिक १३ बुधबार
aus-srilanka-t20-cricket.jpg

ब्रिसबेन। अस्ट्रेलिया विरुद्धको दोस्रो टी२० क्रिकेट प्रतियोगिता अन्तर्गत ब्रिसबेनस्थित गाब्बा रंगशालामा श्रीलंकाले टस जितेर पहिले ब्याटिङ रोजेको छ। अस्ट्रेलियाले आइतबार खेलिएको पहिलो टी२० खेलमा श्रीलंकालाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। यस खेलमा अस्ट्रेलियाका प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले शतक बनाएका थिए।

गाब्बाको पिचमा पनि अस्ट्रेलियालाई नै फाइदा पुग्ने जानकारहरुले बताएका छन्। अस्ट्रेलियाली टिम तिब्र गतिका बलर मिचेल स्टार्क बिना खेल्दैछ। उनको स्थानमा बिल्ली स्टानलेकले मौका पाएका छन्। पछिल्ला केही वर्षदेखि श्रीलंकाली टिमको प्रदर्शन खासै राम्रो छैन। तर पछिल्लो पटक पाकिस्तान विरुद्धको टी२० खेलमा श्रीलंकाले तीनै खेल जितेको थियो।

श्रीलंकाले १० ओभरको खेल सकिँदा ४ विकेटको क्षतिमा ६५ रन बनाएको छ। श्रीलंकाका गुनथिलका (२१), मेन्डिस (१) , फर्नान्डो (१७) र डिकवेल्ला (५) आउट भइसकेका छन्। अस्ट्रेलियाली टिममा आरोन फिन्च, डेभिड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याक्स्वेल, आस्टोन टर्नर, अलेक्स क्यारी, आस्टोन अगार, प्याट क्युमिन्स, बिल्ली स्टानलेक, केन रिचार्डसन र एडम जाम्पा रहेका छन्।

यसैगरी श्रीलंकाली टिममा अभिष्का फर्नान्डो, दानुश्का गुनथिलका, कुसल मेन्डिस, कुसल परेरा, दासुन शानाका, निरोशान डिकेवेल्ला, वानिन्दु हासाराङ्गा, लक्षण सन्दाकान, नुवान प्रदीप, लसिथ मालिङ्गा र इसुरु उडाना रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ