arrow

ढम्कनेमा आलु महोत्सब हुँदै, एक लाख किलोको आलुको पहाड बनाइने

logo
दयराम पण्डित,
प्रकाशित २०७६ कार्तिक १४ बिहिबार
potato-festival.jpg

बाजुरा। “आलुको उत्पादन प्रशोधन र बजारिकरण हाम्रो अभियान ढम्कनेको स्थानीय अर्गानिक आलु बाजुराको पहिचना भन्ने मुल नाराका साथ आलु महोत्सब सञ्चालन हुने भएको छ। बडिमालिका नगरपलिकाको वडा न. ७ ढम्कनेमा यहि कार्तिक २० गते देखि २२ गते सम्म आल महोत्सब हुने भएको हो।

जैविक मलबाट उत्पादित आलुको बजार प्रबद्धन गर्ने उद्येश्यले आलु महोत्सवको आयोजना गर्न लागेको बताइएको छ। आलु महोत्सबको अवसरमा ढम्कनेमा एक लाख किलोको आलुको पहाड बनाईने आयोजक संस्था ढम्कने कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष नरवहादुर रोकायाले जानकारी दिएका छन्।

बिषाधीमुक्त गोठेमलवाट उत्पादिन कार्डिन आलु र स्थनीय जातको आलु स्वास्थ्यको लागि अतयन्त उपयोगी ठहरिएकोले खान प्रयोगका लागि लगाइएको छ। डेजिरे नामको आलु “बिऊ” उत्पालदनका लागि लगाइएको छ। आलुको पकेट क्षेत्र घोषण गरिएको  ढम्कनेको आलु बजारकिरण गर्न आवश्यक रहेको कृषि ज्ञान केन्द्र बाजुरा प्रमुख गोबिन्द सिजापतीले जानकारी दिए।  “गत आर्थिक वर्षको रेकर्ड अनुसार ढम्कनेमा एक हजार क्वीन्टल आलु उत्पादन भएको थियो । बाजुराका १९१५ हेक्टर जमिनमा २० हजार ४ सय ७० मेट्रिकटन आलु फलेको छ। विगतको तुलनामा प्रतिहेक्टर १० दशंलव सात प्रतिसतले आलु उत्पादन भएको छ, ” सिजापतीले भने।

ढम्कनेको कुल ८० हेक्टर जमिन मध्ये ६५ हेकटर जमिनमा आलु फल्छ। ढम्कनेभरिको सबै जमिनमा आलु फलाउन सकिने ज्ञान केन्द्र प्रमुख सिजापतिले बताएका छन्। तर, कृषक ब्यवसायिक आलु खेती तर्फ अझै आकर्षसित नभएको र स्थानीय आलुले उचित बजार पाउन नसकेको ज्ञानकेन्द्र प्रमुख सिजापतिले जानकारी दिए।

महोत्सवभरि प्रतिकेलो तिस रुपैंयाका दरले आलु बिक्री गरिने आयोजकले बताएका छन्। ३० बढि आलुका परिकार चाख्न पाईने छ। महोत्सवमा कृषकलाई आलुको बारेमा जानकारी दिलाउन नेपाल कृषि अनुसन्धान केन्द्र  (नारर्कका) बरिष्ठ बैज्ञानिक एबं आलुबिज्ञे कालीप्रसाद उपाध्याय र कृषकबीच अन्तरक्रिया गराइने बताइएको छ। 

बाजुरामा खुमल रातो र स्थानीय जातको आलु पाईन्छ गोठेमलको प्रयोगमा उत्पालिदत जुनसुकै जातको आलु पनि स्वास्थ्य लागि उपयुक्त मानिन्छ। बाजुरामा उत्पादिन आलु गोठेमलको प्रयोगबाट उत्पादन हुनेभएकोले खानलाई पनि स्वास्थ्यका लागि राम्रो र विऊका लागि अतिउत्तम मानिएको कृषिबिज्ञले बताएका छन्।

“जिल्लामा प्रयाप्तमात्रमा आलु उत्पादन हुन्छ। तर, अगार्निक आलुको प्रचारप्रसार नहुँदा उचित बजारिकरण गर्न सकेका छैनौं। स्थानीय उत्पादनलाई बढवादिने उद्येश्यले बडीमालिका नगरपालिका, कृषि ज्ञान केन्द्र, र सरोकारवाला सँग सहकार्य गरी ढम्कने कृषि सहकारी संस्थाको आयोजनामा बाजुरामा पहिलो आलु महोत्सवको ”आयोजना गर्न लागेको बडीमालिका नगरपालिका वडानं ७ का वडाअध्यक्ष धर्मराज पाध्याले जानकारी दिए।

महोत्सवमा स्थानीय रैथाने बालीको स्टल र खानाका परिकारहरु, आलुका परिकार तयारी तथा तालिम प्रदशनी र राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती तथा स्थानइि झांक्री, गित, नृत्य र देउडाको प्रस्तुतती गरिने ओयोजक संस्थाका सदस्य लोकेन्द्र रोकायाले जानकारी दिए।

महोत्सवका लागि बडीमालिका नगरपालिकाले दुइलाख रुपैंया, कृषि ज्ञान केन्द्रले दुईलाख रुपैंया र अन्य संघ संस्थाबाट पनि सहयोग माग गरेको आयोज संस्थाका पदाधिकारीले जानकारी दिनएका छन्। महोत्सवमा तिस लाख रुपैँया बराबर आलु बिक्री गर्ने लक्षरहेको आयोजकले बताएकाछन्।

सुदुरपश्चिम प्रदेश, भुमी ब्यबस्था कृषी तथा सहकारी मन्त्री बिनिता चौधरीले आलु महोत्सवको उद्घाटन गर्ने छिन्। यद्यपि आयोजना स्थल ढम्कने पुग्न मार्तडी कोल्टी सडक खण्ड कच्चीवाटोका कारण ह्यभी मालवाहक गाडी तथा साना सवारी साधानको प्रयोग गर्न कठिनायई भएको छ। महोत्सव सफल पार्न  तत्काल सडक सञ्जालको मर्मद गर्न आवश्यक छ।

पछिल्लो समयमा बाजुरामा पर्यटन प्रबद्धनका सवललमा छेडेदह महोत्सव,  ब्यापार प्रबधनका लागि उद्योग महोत्सव, खेलकुद महोत्सव लगायतका महोत्सवको आयोजना गरेर स्थानीय स्तरमा जनसहभागितको सक्रियतामा स्थानीय आयआम्दानी बृद्धी गर्न थालेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ