arrow

जाग्दै हिन्दुवादीहरु : धरानको पीण्डेश्वर धाममा विश्वकै अग्लो त्रिशुल बन्ने

logo
प्रकाशित २०७२ चैत २६ शुक्रबार
trishool.jpg.jpeg
काठमाडौ । धरान पीण्डेश्वर धाममा विश्वकै अग्लो त्रिशुलको निर्माण गरिने भएको छ । विश्व हिन्दु परिषद् नेपाल धरानले मन्दिर परिसरमा अष्ठ धातुले निर्माण गरिएको एक सय ५० फिट अग्लो त्रिशुल निर्माण गर्न लागेको हो । परिषद्ले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर पूर्व प्रसिद्ध धाम पीण्डेश्वरमा अष्ठ धातुले निर्माण गरिने एक सय ५० फिट उचाइको महारुद्र त्रिशुल स्थापना गर्ने जानकारी दिएको हो । 
 
त्रिशुल निर्माण समितिका अध्यक्ष देवराज अधिकारीले ५ करोड ३० लाख अनुमानित लागतमा एक वर्ष लगाएर निर्माण गरिने सो त्रिशुल ६० जमिन मुनी र ९० फिट जमिन माथि हुने जानकारी दिए । त्रिशुलकालाागि आवश्यक अष्ठधातु मानिसहरुले घरमा राखेको तामा पित्तल लगायतलाई सहयोगको रुपमा संकलन गरेर पुरा गरिने जानकारी दिदै उनले बाँकी आवश्यक रकमसमेत जनश्रमदान र सहयोगबाट जुटाइने बताए । 
 
यस्तै,  परिषद्ले आगामी फागुन २१ गतेदेखि पीण्डेश्वर अष्ठदशा महापुराण ज्ञान महायज्ञ लगाइने छ । सो यज्ञमा १४ अञ्चलका १८ प्रसिद्ध पण्डितहरुले पुराण बाचन गर्ने छन् । जसमा २१ हजार १ सय ११ रुपैँया तिरेर संकल्प गराइने बताइएको छ । सो संकलित रकम समेत त्रिशुल निर्माणमा लगाइनेछ । त्यसैगरी पण्डितहरुले बाचन गर्ने १८ पुराणलाई पण्डितहरुद्धारा नै लेखाएर एउटै किताबको रुपमा तयार पारेर बिमोचन समेत गराउने कार्यक्रम रहेको अधिकारलिे जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ