arrow

अमेरिकामा अक्टोबरमा मात्रै सवा एक लाख रोजगारी थप

logo
एएफपी,
प्रकाशित २०७६ कार्तिक १६ शनिबार
job.jpg

वासिङ्ट्न। अमेरिकामा गत अक्टोबर महिनामा मात्रै एक लाखभन्दा बढी नयाँ रोजगारी सिर्जना भएको छ। सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार गत महिना अमेरिकी श्रम बजारमा एक लाख २८ हजार जनाले जागिर पाएका छन्।

श्रम विभागले मासिकरूपमा तयार पार्ने गरेको रोजगारी विवरणमा अपेक्षित सुधार भएको देखिएको उल्लेख छ। यद्यपि अमेरिकाको बेरोजगारी दर भने बढेकै देखिएको छ। पछिल्लो विवरणका आधारमा ३.६ प्रतिशत बेरोजगारी दर बढेको देखिएको अधिकारीहरूले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ