भारत र जर्मनीबीच विभिन्न २० सम्झौतापत्रमा हस्ताक्षर
एएनआई,
प्रकाशित २०७६ कार्तिक १६ शनिबार
562
Shares
नयाँ दिल्ली। भारत र जर्मनीले शुक्रबार विभिन्न कृत्रिम वौद्धिकता, शिक्षा, कृषि, सामुद्रिक प्रविधिलगायत २० बिषयमा सम्झौता गरेका छन्। भारत भ्रमणमा रहेकी जर्मन चान्सलर एन्जेला मर्केल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्तापछि उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
भारतीय विदेश मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्ति अनुसार दुई मुलुकका अधिकारीहरूबीच नौसेना, अनुसन्धान तथा विकासको क्षेत्रमा कृत्रिम वौद्धिकतालाई रोक्न हरीत शहरको गतिशिलताका लागि इन्डो–जर्मन साझेदारी र रणनीतिक आयोजनालाई मजबुत पार्न सहकार्य गर्ने बिषयमा सहमति भएको भेटपछि दुई देशद्वारा जारी गरेको संयुक्त घोषणापत्रमा उल्लेख छ।
घोषणापत्रमा नागरिक उड्डयन, अन्तर्राष्ट्रिय स्मार्ट शहरी सञ्जाल, सीप विकास र व्यावसायिक शिक्षा तथा तालीमको अनुभव आदानप्रदान गर्ने उल्लेख छ। बिमाकृत श्रमिक तथा अपाङ्ग व्यक्तिहरू व्यावसायिक रोगहरू, पुनरूद्दार तथा पेशागत तालीमका क्षेत्रलगायत बिषयमा पनि अनुभव आदानप्रदान गर्ने सहमति दुई देशले गरेका छन्।