arrow

नेपाल बारमा अध्यक्षमा केसी, महासचिवमा खाती सहित २० पदमा लोकतान्त्रिक विजयी

को को भए लोकतान्त्रिक समुहबाट निर्वाचित?

logo
प्रकाशित २०७२ चैत २६ शुक्रबार
sherbahadur_kc.jpg.jpeg
काठमाडौँ । काठमाडौँ । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा अन्य सवै पार्टी निकटका कानुन व्यवसायीहरुलाई काँग्रेस निकटका व्यवसायीहरुले माथ दिएका छन्। काँग्रेस निकटका कानुन व्यवसायीहरुको प्यानल लोकतान्त्रीक समुहरुका मुख्य पद सहित अधिकाँश उम्मेदवारहरु निर्वाचित भएका हुन्। लोकतान्त्रिक प्यानलबाट अध्यक्षमा शेर बहादुर केसी र महासचिवमा खम्म बहादुर खाती सहित २० पदमा विजयी भएका छन। लोकतान्त्रिक प्यानलले सत्तारुढ गठवन्धनका सवै पार्टीको संयुक्त प्यानललाई पल्टाएको हो।  
 
लोकतान्त्रिक प्यानलबाट मदनकुमार खड्का पूर्वाञ्चलबाट, विनय सिंह मध्यमाञ्चलबाट, मोतिराज गौतम उपत्यकाबाट, घनश्याम पन्त पश्चिमाञ्चलबाट उपाध्यक्षमा निर्वाचित भएका छन्। मध्यपश्चिमबाट रेवतीरमण भट्टराई र सदुरपश्चिमबाट गंगाराम पाध्या उपाध्यक्षमा पराजित हुँदा संयुक्त प्यानलका शालिकराम सापकोटा र कुलानन्द उपाध्याय उमेद्वार निर्वाचित भएका छन्। महिला उपाध्यक्ष शान्ता सेढाई पराजित हँदा संयुक्तकी उषा मल्ल पाठकले जितेको अधिवक्ता बाबुराम अर्यालल जानकारी दिए। 
 
कोषाध्यक्षमा लोकतान्त्रिक प्यानलबाट ज्ञानरत्न शाक्य विजयी हुँदा समावेशी सदस्यहरुमा श्याम कुमार विश्वकर्मा, मधुर पाठक, रमणकुमार कर्ण, अस्मिन कुमार राई, हरिनारायण चौधरी, इन्दु कोइराला, सानुमैया महर्जन निर्वाचित भए।  
 
खुल्ला सदस्यतर्फ पद्म बहादुर शाही, ज्ञानेन्द्र प्रसाद अधिकारी, अरुण पौड्याल, लक्ष्मण आचार्य, कृष्ण प्रसाद पनेरु, इन्द्र बहादुर अधिकारी लोकतान्त्रिकबाट निर्वाचित हुँदा शुकदेव काफ्ले र खड्ग बहादुर बुढाथोकी पराजित भए। काफ्ले र वुढाथोकी पराजित हँदा विष्णुमाया भुसाल र कृष्ण कुमार आङदेम्वेले जीतेको अधिवक्ता पुरुषोत्तम अधिकारीले जानकारी दिए।   
 
बारको नयाँ नेतृत्वका लागि लोकतान्त्रीक र प्रगतिशील समूहबीच प्रतिस्पर्धा भएकोमा लोकतान्त्रीक समुहमा काँग्रेस निकटका कानुन व्यवसायीहरु छन भने प्रगतिशिल समुहमा एमाले, सवै माओवादी, अन्य साना कम्युनिष्ट घटकहरु र मधेशी दल निकटका कानुन व्यवसायीहरु रहेका छन्।
 
पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको थियो । मतदाता नौ हजार ५२२ मध्ये सात हजार ८४५ मत खसेको थियो ।
 



नयाँ