arrow

भद्रपुरबाट उडेको बुद्ध एयरको प्लेन बिराटनगरमा आक्समिक अवतरण

प्राविधिक टोलीको प्लेन ठुलो हावाहुरीका कारण अवतरण गर्न सकेन, काठमाडौं फिर्ता

logo
प्रकाशित २०७२ चैत २६ शुक्रबार
Buddha_Air.jpg.jpeg
काठमाडौं। बुद्ध एयरको भद्रपुर -काठमाडौं उडानमा रहेको बिमान ईन्जिनको ईण्डिकेटर (सुचना दिने बत्ती)मा समस्या आएपछि बिराटनगरमा आकस्मिक अवतरण गराईएको बुद्ध एयरले जनाएको छ।
 
७० सीट क्षमताको फ्लाईट नं ९५२ भद्रपुरबाट ६८ यात्रु लिएर काठमाडौंकालागि उडेको केही समयमै ईन्जिनमा खराबीको सुचना चालकदलले पाएपछि प्लेनलाई बिराटनगरमा आकस्मिक अवतरण गराईएको हो। प्लाईटमा चालक दलका दुफ सदस्य र दुई एयर होस्टेज क्रु मे्बरका रुपमा रहेका थिए। 
 
काठमाडौंबाट प्राविधिक टोली बिराटनगर तर्फ गएको तर ठूलो हावाहुरीका कारण हवाईजहाज अवतरण गर्न नसकेर फेरि काठमाडौं फिर्ता भएको छ। मौसम सामान्य भएपछि पुन: बिमान प्राविधिक टोलीका साथ बिराटनगर जाने युपी श्रेष्ठले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ