arrow

दक्षिण कोरियाली राष्ट्रपति पार्क गेन 'राक्षस स्वरुप भएकी महिला' : उत्तर कोरिया

logo
प्रकाशित २०७२ चैत २६ शुक्रबार
park-gain.jpg.jpeg
सोल । उत्तर कोरियाले दक्षिण कोरियाली राष्ट्रपतिको निन्दा गरेको छ । उत्तरले दक्षिणलाई आपत्तिजनक शब्दमा गालीगलौज समेत गरेको समाचारमा उल्लेख छ । उसले दक्षिण कोरियाली राष्ट्रपति पार्क गेन हाइलाई राक्षसी स्वरुप भएकी महिलाको संज्ञा दिएको छ । उत्तर कोरियाले दक्षिणमाथि गर्ने गरेको बिगतदेखिकै आक्रमणको शृंखलाको यो अन्तिम रुप हो । गत हप्तामात्र अमेरिकामा सम्पन्न भएको आणविक सम्बन्धी विश्व सम्मेलनमा सहभागी भएर उत्तरको विरोध गरेकोमा विशेषगरी उत्तर कोरियाले रोष प्रकट गरेको पाइएको हो । 
 
उक्त सम्मेलनको आयोजना संयुक्त राज्य अमेरिकाले गरेको थियो । उक्त सम्मेलनमा उत्तर कोरियाले नै हालै जारी राखेको विभिन्न आणविक सशस्त्रास्त्रको प्रदर्शन विरोधमा केन्द्रित थियो । उत्तर कोरियाको पिसफुल रियुनिफिकेशन कमिटीका प्रवक्ताले यसरी दक्षिण कोरियाली राष्ट्रपतिको विरोध गरेका हुन् । 
 
उत्तर कोरियाले गएको फेब्रुअरी ६ मा गरेको लामो दुरीको रकेट परीक्षणपछि पनि फेरि उत्तर कोरियाले कैयौं पटकसम्म व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ । योनहाप समाचार समितिले दिएको जानकारीअनुसार उत्तर कोरियाको पूर्वी भू¬–भागलाई लक्ष्य गरेर हालैमात्र अर्को क्षेप्यास्त्र परीक्षण गरेको थियो र मध्यमदुरीको यात्रापछि सो क्षेप्यास्त्र पानीमा खसेको थियो । 
 
अगावै बुधबारै अमेरिकी राष्ट्रपति बाराक ओबामाले उत्तर कोरियाका विरुद्धमा थप नाकाबन्दीको घोषणा गरेको  ह्वाइटहाउसले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । संयुक्त राष्ट्रसङ्घले उत्तरका विरुद्धमा नाकाबन्दी गरेको थियो । सो नाकाबन्दी उसका विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको पनि जनाइएको थियो । उक्त नाकाबन्दीपछि पनि उत्तर कोरियाले थप शक्तिशाली आणविक परीक्षण गर्ने चेतावानी दिएको थियो । 
 
लामो दूरीको रकेट परीक्षणपछि सबैभन्दा बढी विरोध गर्ने दुई राष्ट्र दक्षिण कोरिया र अमेरिका हुन् । यी दुई देशले पनि उसका विरुद्धमा नाकाबन्दी घोषणा गरेका छन् । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ