arrow

फेबइन्डिया ब्राण्डका उत्पादन दरवारमार्गमा (तस्बिर)

logo
प्रकाशित २०७६ कार्तिक १८ सोमबार
fabindia-brand.jpg

काठमाडौं। भारतको चर्चित ब्राण्ड फेबइन्डियाले राजधानीको दरबारमार्गमा आफ्नो नयाँ शोरुम आइतवारबाट संचालनमा ल्याएको छ। दरबारमार्गको शेर्पा मलमा उक्त फेब इन्डियाका उत्पादनहरु राखिएका हुन्। 

भारतमा यो ब्राण्डका २५० स्टोर रहेका छन्। शिल्पकलामा पारंगत उक्त फेबइन्डियाले परम्परागत प्रविधि, सीप र हस्तआधारित प्रक्रियाबाट आफ्ना उत्पादनहरु निर्माण गर्दै आइरहेको छ। बिशेष गरेर गार्मेटबाट उत्पादित कुर्ता सुरवाल लगायतका महिलाहरुलाई आवश्यक सामाग्री सो सोरुममा पाइने रेयन्सा रिटेल प्रालिका म्यानेजिङ डाइरेक्टर श्रेयंश कार्कीले जानकारी दिए।

यसले ग्रामिण उत्पादनहरुलाई शहरी बजारमा जोड्दै आएको छ। जसका ५५ हजार उत्पादन छन्। फेबइन्डियाले ठूलो संख्यामा रोजगारी दिनुका साथै परम्परागत हस्तकला संरक्षणमा उचित ध्यान दिएको दावीसमेत गरेको छ।

नेपालमा पहिलो पटक सन् २०१० मा ललितपुरको जावलाखेमा आउटलेटमा सुरु भएको थियो। फेबइन्डिाया ब्राण्डका पारखीहरुलाई मध्यनजर गर्दै दरबारमार्गमा दोस्रो शोरुम खोलेको हो।

Image may contain: 1 person

Image may contain: shoes

Image may contain: people standing

Image may contain: people standing

Image may contain: one or more people and outdoor

Image may contain: shoes

Image may contain: shoes

Image may contain: people standing

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ