arrow

वैकल्पिक उर्जामा जर्मन सरकारबाट डेढ अर्ब बरावरको सहयोग

logo
प्रकाशित २०७६ कार्तिक १८ सोमबार
german-nepal.JPG

काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र जर्मनीका राजदूत रोलान्ड शेफरबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रायमा आईतबार भएको भेटमा द्धिपक्षिय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको थियो ।

मन्त्री पुनले जर्मन सरकारले उर्जा,प्रशारण लाइन र वैकल्पिक उर्जाको क्षेत्रमा गरेको सहयोगको लागी धन्यवाद दिएका थिए । त्यसका साथै उनले सोलार र मिनि ग्रिड सरकारको प्राथमिकतामा रहेको भन्दै ३ वर्षभित्र करिब १२ प्रतिशत जनतामा नवीकरणीय उर्जाको माध्यमबाट स्वच्छ उर्जामा पहुंच पुर्याउने योजनामा सरकार रहेको जानकारी दिए ।

मन्त्री पुनले भने ‘सरकारले पुर्ण विद्युतीकरणको कार्यक्रम अघि सारेको छ,त्यसमा जर्मन सरकारले उपलव्ध गराउने सहयोग हामीलाई उपयोगी हुन्छ । ।’ मन्त्री पुनले वैकल्पिक उर्जाको कामलाई अझ प्रभावकारी बनाउन सरकारले सातै प्रदेशमा कार्यालय विस्तार गर्ने योजना रहेको बताए ।

भेटमा जर्मन राजदूत शेफरले उर्जा  र वैकल्पिक उर्जाका साथै जलविद्युत क्षेत्रमा सहकार्य गर्न जर्मन ईच्छुक रहेको धारणा राखे । राजदूत शेफरले वैकल्पिक उर्जालाई डेढ अर्ब बरावरको सहयोग दिने तयारीमा जर्मन सरकार रहेको जानकारी दिए।
 
मन्त्री पुनले उक्त सहयोगको लागी धन्यवाद दिंदै बैकल्पिक उर्जा र नेपाल विद्युत प्राधिकरणले हिमाली र पहाडी क्षेत्रमा उक्त सहयोगलाई कार्यान्वयन गर्ने बताए। भेटमा जर्मन सरकारले वैकल्पिक उर्जामा गरेको सहयोग, तनहू जलविद्युत परियोजनालगायतका विषयमा समेत छलफल भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ