arrow

ब्रसेल्स हमलाका थप एक संदिग्ध इटालीमा पक्राउ

logo
प्रकाशित २०७२ चैत २६ शुक्रबार
brusells-airport-bomb.jpg.jpeg
रोम । बेल्जियमको राजधानी ब्रसेल्समा गत महिना भएको आतङ्कवादी आक्रमणमा संलग्न रहेको आशङ्कमा एकजना अल्जेरियालीलाई इटालीमा पक्राउ गरिएको समाचार छ । उक्त हमलाका एकजना संदिग्धलाई इटालियन प्रहरीले पक्राउ गरेको जनाएको हो । अल्जेरियाली नागरिकलाई पक्राउ गरेको इटालियन सञ्चारमाध्यम आन्साले शुक्रबार जानकारी दिएको छ । 
 
दक्षिणी इटालिनको तटीय प्रान्त सालेर्नोको बेल्लीजी सहरबाट जमाल एडिन ओवालीलाई पक्राउ गरेको उक्त समाचार संस्थाले जनाएको छ । यसअघि पनि सोही क्षेत्रमा अर्का एकजना अल्जेरियाली नै पक्राउ परेका थिए । जमालले गत २०१५ को अक्टोबरमा बेल्जियम प्रवेश गर्न लाग्दा नक्कली कागजपत्र पेस गरेको पत्ता लागेको छ । यसअघि ब्रसेल्स प्रहरीले सार्वजनिक गरेको हमलामा सम्लग्नहरुको स्केचका आधारमा उनी पक्राउ परेका बताइएको छ । 
 
निजलाई अनियमित अध्यागमन र पछि वेल्जियममा कुनै आपराधिक सङ्गठनमा संलग्न भएको आरोपमा अधिकारीले पक्राउ गर्नुपर्ने अभियुक्तको सूचीमा राखेको थियो । निजले प्रयोग गरेको नक्कली राहादानी र भिषासमेत पेरिस र ब्रसेल्स आक्रमणको क्रममा स्थानीय अधिकारीलाई झुक्याई प्रयोग गरेको समेत खुल्न आएको छ । अनुसन्धानका क्रममा करिव एक हजार जनाको फोटोसहित नक्कली कागजपत्र प्रहरीले सार्वजनिक गरेको थियो । 
 
निज जमाललाई बेल्जियम र इटालीसम्म आतङ्कवादी हमलागर्ने अतिवादी सङ्गठनसँग आवद्ध भएको समेत अनुसन्धानले देखाएको उक्त समाचार संस्थाले जनाएको छ । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ