- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
सिरहा । सिरहाको लहान नगर पालीका वाडा नम्बर ४ मा मंगलबार बिहान बहुला स्यालले गाउँका १६ जनालाई एकै दिनमा टोकेपछि पुरै गाउँ नै आतंकित भएका छन् ।
सिरहा र सप्तरीको सिमाना पर्ने बलान खोलाको शिशुगारीबाट निसकेको बहुला स्यालले लहान नगरपालीका ४ कुमहालटोल मा १६ जना मानिसलाई टोकेपछि गाउँ नै त्रसित भएका हुन् ।
एका बिहानै गाउँका महिला र पुरुषहरूले सौचका लागि घर बाहिर निस्केको मानिसहरुलाई सेतो रंगको बहुला स्यालले टोकेपछि दर्जनौं महिला र पुरुष घाइते भएका छन् ।
घाईते हुनेमा ७० वर्षिय रामबालक पण्डित ,४५ वर्षिय सोनाई मेस्तर , ५ वर्षिय मो. रेहान , ५५ वर्षिय गुलाब देबि महतो छन् । समान्य रहनेमा संन्जु देबि महतो , प्रदीप महतो,सुरज कुमार दास,नन्दनी मेस्तर ,रबिना कुमारी मेस्तर,संजीव कुमार दास लगायतका ब्यक्तीहरु रहेका वाडा अध्यक्ष रामनाथ पण्डितले बताए छन् ।
ईलाका प्रहरी कार्यालय लहानका डि.सपी भेश राज रिजाल र सशस्त्र क्यामप लहानका सशस्त्रका डि.सपी अर्जुण साप्कोटा सूचना पाए लगत्तै घटना स्थल पुगेका थिए । घाइते सबै जनाको लहान अस्पतालमा उपचार भई रहेको अस्पताल प्रमुख सुनिल कुमार कुशवाहाले बताए ।