arrow

प्रथम ढम्कने आलु महोत्सव सुरु

logo
जनक बोहरा,
प्रकाशित २०७६ कार्तिक २० बुधबार
jjj.jpg

बाजुरा ।   बाजुराको बडीमालिका नगरपालिका वडा नं. ७ ढम्कनेमा पहिलो पटक हुन लागेको आलु महोत्सव बुधबारदेखी सूरू भएको छ । कार्तिक २० गते देखि २२ गतेसम्म संचालन हुन लागेको उक्त महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका कृषि मन्त्री विना चौधरीले गरेकी छन् ।

 ढम्कने कृषि सहकारी संस्थाको आयोजना र बडीमालिका नगरपालिका र कृषि ज्ञान केन्द्र बाजुराको समन्वयमा पहिलो पटक ढम्कनेमा बुधबार बिषेश कार्यक्रमकाबिच उद्घाटन गरिएको ढम्कनेबाट बल बहादुर रोकायाले जानकारी दिएका छन् । स्थानीय कृषकहरुलाई आलु खेतीको उत्पादनकत्वमा वृद्धी तथा व्यवसायिकतामा सहयोग पुर्याउने उद्देश्यले पहिलो पटक आलु महोत्सवको आयोजना गरिएको हो ।

 कार्तिक २० गतेबाट संचालन भएको उक्त महोत्सवमा बिभिन्न स्थानीय देउडा राष्टिय तथा स्थानीय कलाकारहरूका प्रस्तुती समेत रहेको आयोजकले बताएको छ । पहिलो पटक पहाडी जिल्ला बाजुरा प्रवेश गरेकी मन्त्री चौधरीलाई सदरमुकाम मार्तडीमा भव्य स्वागत गरिएको गरेको सहकारीका अध्यक्ष नरबहादुर बिकले बताएका छन् ।

महोत्सवमा ढम्कने कृषि सहकारी संस्थाले स्थानीय स्तरमा उत्पादित आलु प्रदर्शनी आलुका ताजा तरकारीहरुको वृहत प्रदर्शनी, आलुका विभिन्न परिकारहरु प्रदर्शनी गर्नेछ भने मेलालाई भव्य रुपमा सफल पार्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुले समेत बेजोड प्रस्तुति दिने आयोजकले बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ