arrow

ट्रम्पमाथिको महाअभियोगमा सार्वजनिक सुनुवाइको प्रत्यक्ष प्रसारण 

logo
प्रकाशित २०७६ कार्तिक २१ बिहिबार
donald-trump2.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोगबारे सार्वजनिक सुनुवाइ हुने भएको छ । डेमोक्रेट सांसदहरुले ट्रम्पलाई पदबाट हटाउन खोज्ने अनुसन्धानमा अर्को हप्ता पहिलो सार्वजनिक सुनुवाइ हुन लागेको हो । 

क्यापिटल हिलमा गरिने सुनुवाइको प्रत्यक्ष प्रसारण हुनेछ । डेमोक्रेट र रिपब्लिकन सांसदहरुले साक्षी भनिएकाहरुलाई प्रश्न गर्ने छन् भने तीन जना राज्य विभाग अधिकारीहरु पहिलो साक्षीका रुपमा खडा हुने छन् । 

ट्रम्पमाथि युक्रेनलाई आफ्ना राजनीतिक प्रतिस्पर्धी जो बाइडेनविरुद्ध छानविन गर्न दबाव दिएको आरोप लाग्दै आएको छ । ट्रम्पले भने शक्तिको दुरुपयोग नगरेको स्पष्टिकरण दिँदै आएका छन् । 

प्रतिपक्षी दलले ट्रम्प विरुद्धको महाअभियोगको प्रमाण बलियो बन्दै गएको दावी गरेका छन् । उनीहरुले सुनुवाइको एक हप्ता अघि बुधबार प्रमाणको ट्रान्सक्रिप्टसमेत निकालेका छन् । 

ट्रम्पले महाअभियोगको बारेमा आफूले कुनै शक्तिको दुरुपयोग नगरेको दावी गर्दै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ