arrow

वित्तीय सुधार योजनासहित केरी बग्दादमा

logo
प्रकाशित २०७२ चैत २६ शुक्रबार
kerryjhon.jpg.jpeg
बग्दाद (इराक) । अमेरिकी विदेशमन्त्री जोन केरी जिहादी विद्रोही समूहसँगको द्वन्द्वका कारण सङ्कटग्रस्त इराकमा वित्तीय समस्यालगायतका अन्य बिषय सुधार प्रयासका योजनासहित शुक्रबार इराक आएका छन् । यसै सन्दर्भमा अमेरिकी विदेशमन्त्री केरीले इराकका प्रधानमन्त्री हैदर अल अवादी र इराकी विदेशमन्त्री इब्राहिम अल जाफिरीसँग शुक्रबारै भेट गरेका छन् । 
 
अमेरिकी विदेशमन्त्री केरीले इराकको स्वशासित कुर्दिस क्षेत्रका प्रधानमन्त्री नेचियान बर्जानीलाई पनि भेट्ने र इराकको वित्तीय सङ्कट सुधारबारे कुराकानी गर्नु हुने कार्यक्रम छ । अमेरिकी विदेश विभागका प्रवक्ता जोन कर्वीले बताएअनुसार केरीले आफ्नो भ्रमणका क्रममा दुवै पक्षसँग भेट गर्ने बताए । कुराकानीका क्रममा अमेरिकाको बलियो सहयोग पाउँदै आएको इराकी सरकारलाई सुरक्षा, आर्थिक सुधार राजनीतिक चुनौतीका विषयलाई सहजीकरण गर्नका लागि आफ्नो भ्रमणलाई उपयोग गर्नुहुने कर्वीले बताए  । 
 
इराकी प्रधानमन्त्री जफारीसँगको भेटपछि विदेशमन्त्री केरीले पत्रकारसँगको कुराकानीमा भने, सन् २०१५ इराकमा आर्थिक एवम् राजनीतिक सुधारका धेरै प्रयास भइसकेका छन्, तर पनि वर्तमान सङ्कटकालीन अवस्थामा इराकसमक्ष देखिएका चुनौतीसँग लड्न अमेरिका पूर्ण कटिबद्ध छ । बग्दादको उत्तरी र दक्षिणी भूभागमा इस्लामिक स्टेट (आईएस) समूहका गतिविधि गर्दा इराकको मुख्य आम्दानीको स्रोत मानिएको उक्त क्षेत्रमा द्वन्द्वका कारण इराकको अर्थतन्त्र धरासायी बनेको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ