arrow

ठगीको आरोपमा व्यवसायी रुप ज्योती पक्राउ

सिंगापुरबाट फर्कदा एयरपोर्टबाटै समातिए

logo
प्रकाशित २०७६ कार्तिक २२ शुक्रबार
rup-jyoti.jpg

काठमाडौं। नेपालको पुरानो व्यवसायिक घराना ज्योती ग्रुपका रुप ज्योती ठगीको आरोपमा पक्राउ परेका  छन्। पूर्व अर्थ राज्यमन्त्री समेत रहेका ज्योतीलाई ठगीको आरोपमा प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो। 

ज्योतीलाई काठमाडौं प्रहरीले काठमाडौंको अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो। सिंगापुरबाट काठमाडौं ओर्लने वित्तिकै ज्योती पक्राउ परेका हुन्। 

रुप ज्योतिसँगै छोरी सुरुचीलाई पनि प्रहरीले पक्राउ गरेको छ। रुप ज्योतिले छोरी सुरुचीको नाममा समेत कम्पनी खोलेर ठगी गर्दै आएको आरोप छ। उनीहरु दुबै जनालाई काठमाडौं परिसरमा राखिएको छ ।

रुप ज्योती हाउजिङ ठगी प्रकरणमा परेका हुन्। स्याकार कम्पनीका मालिक समेत रहेका ज्योती अनेक कम्पनीका मालिक समेत रहेका छन्। 

ल्यान्डमार्क डेभलपर्स प्रालिका नाममा हाउजिङ बनाउने भन्दै विभिन्न व्यक्तिहरुसँग करोडौैं रुपैयाँ ठगी गर्दै आएका ज्योतीलाई पिडित विजेन्द्रमान श्रेष्ठको उजुरीमा पक्राउ गरिएको हो। ज्योतीले  श्रेष्ठलाई १ करोड ३६ लाख ठगी गरेको आरोपमा छ। 

प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरिक्षक होमिन्द्र वोगटीले हाम्राकुरासँग कुरा गर्दै ज्योती पक्राउको पुष्टी गरेका छन्। 

ज्योति ग्रुपका उपाध्यक्ष रूप ज्योति यसअघि अदालतमा सेटिङ मिलाएर जोगिंदै आएका थिए । जिल्ला अदालत काठमाडौंले दिएको आदेश कार्यान्वयन नगर्न माग गर्दै रूप ज्योतिका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको रिट बुधवार सर्वोच्चले खारेज गरेपछि रूपज्योतिलाई पक्राउ गर्ने बाटो खुलेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले रूपज्योतिको निषेधाज्ञासम्बन्धी रिट खारेज गरिदिएको भोलिपल्टै ज्योतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले कानुन कार्यान्वयन गर्ने क्रममा कसैलाई मोलाहिजा नराखि प्रहरीले आफ्नो दायित्व निर्वाह गर्ने बताए। ज्योतीको पक्राउलाई पनि त्यहि कोणबाट हेर्नुपर्ने महानिरिक्षक खनालले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ