arrow

गृहमन्त्रीको गर्जन, ‘कसैले भन्दैमा सरकार गिर्दैन, कांग्रेस यही सरकारमा आउनु पर्छ’

logo
कुमोद अधिकारी,
प्रकाशित २०७२ चैत २६ शुक्रबार
sakti-basnet-home-ministor.jpg.jpeg
विराटनगर । गृहमन्त्री शक्ती बहादुर बस्नेतले संविधान कार्यान्यन र भूकम्पपछीको पुनःनिर्माणका लागि नेपाली कांग्रेससहितको राष्ट्रिय सरकार आवश्यक रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरागर्दै मन्त्री बस्नेतले कांग्रेस प्रतिपक्षमा बस्ने भन्दा पनि यही सरकारमा सहभागी भएर मुलुकको समस्या समाधान गर्ने तर्फ लाग्नुपर्ने बताए । 
 
मन्त्री बस्नेतले मुख्य तीन ठूला दल जसरी मिलेर संविधान निर्माण गरेका थिए, अब त्यसैगरी संविधान कार्यान्वयनका  लागि तीन ठूला दल मिलेर अघि बढ्नुपर्ने बताए । बर्तमान सरकारले जनताको भावना अनुसार उल्लेखनिय काम गरेकाले कसैले भन्दैमा र चाहँदैमा  सरकार परिवर्तन नहुने बस्नेतको जिकिर छ ।
 
मन्त्री बस्नेतले संविधान संशोधनसंगै मधेशी मोर्चाका धेरै माग सम्बोधन भएकाले अब आन्दोलनको आवश्यकता नभएको बताए । अहिले आन्दोलन गर्ने बेला नभई मुलुक निर्माण गर्ने बेला भएको समेत बताउँदै मन्त्री बस्नेतले मधेशी मोर्चाले उठाएको सीमाकंनको विषय राजनितक समितिले टुंग्याउने भएकाले सबैलाई मान्य हुनेगरी राजनीतिक समितिलाई पूर्णता दिन सरकार लागि परेको बताए । 



नयाँ