arrow

सिन्धुली भुवनेश्वरीको डढेलोवाट ४५ भन्दा धेरै घरगोठहरु ध्वस्त

बस्ती नजिक दमकल लगियो

logo
राजन परियार।
प्रकाशित २०७२ चैत २६ शुक्रबार
dadhelo-fire-on-jungle.jpg.jpeg
सिन्धुली। सिन्धुलीको भुवनेश्वरी गाविसमा विहान ११ बजेदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। लगातार ७ घन्टादेखि लागेको आगोले ४५ भन्दा बढी घरगोठहरू जलाएर नष्ट गरेको छ। नियन्त्रणको प्रयासका लागि आगलागी क्षेत्रमा ठुलो संख्यमा उदार टोली खटिएको छ। स्थानियवासीहरू निक्कै अत्तालिएका छन्। 
 
आगलागि नियन्त्रणका लागी यतिवेला ठुलो श्रोत र साधनको परीचालन गरिएको छ। करिव ३ वजे नै सिन्धुलीमाढी सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्की, प्रहरी उपनिरीक्षक उमासंकर पंजीयार सहितको टोली आगलागी पिडितहरूका लागी उद्धार र राहत उक्त स्थानमा पुगीसकेको भएपनी आगो भने अझै नियन्त्रण गर्न सकिएको छैन।
 
आगलागी सुरु भए देखीनै नेपाल प्रहरीको टोली खटिरहेको थियो भने थप उद्धारको कामका लागी नेपाली सेना, शसस्त्र प्रहरी समेत उक्त क्षेत्रमा पठाइएको छ। अहिले नेपाली सेनाको टोलीले आगलागी नियन्त्रणका लागी प्रयास भइरहेको छ। आगो मध्यपहाडी लोकमार्ग नजिकका गाउमा समेत आउन सक्ने संभावना रहेकाले दमकल समेत उक्त क्षेत्रमा पुरयाइएको छ। 
 
आगो नियन्त्रणमा लिने प्रयास जारी भएपनि हावाहुरीका कारण सफल हुन सकेको छैन। अहिले सम्मको जानकारी अनुसार ४५ भन्दा बढी घरगोठहरू जलेर नष्ट भइसकेको छ भने अन्य क्षतिको आकलन गर्न सक्ने अवस्था छैन। 
आगो चाडै नियन्त्रणमा लिन नसके वितिजोर गाविस तर्फका घरहरू तिर जाने संभावना रहेको छ। अहिले आगो नियन्त्रणका लागि ठुलो संख्यामा स्थानियबासी तथा प्रहरीहरू खटिएका छन। इप्रका खुर्कोट तथा प्रहरी चौकी ग्वाल्टारबाट प्रहरीहरू परीचालन गरीएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ