अमेरिकाले चिनियाँ सामानमा डिसेम्बरमा गर्ने भनेको करवृद्धि स्थगित हुनसक्ने
एएफपी,
प्रकाशित २०७६ कार्तिक २३ शनिबार
416
Shares
वासिङटन। संयुक्त राज्य अमेरिकाले चिनियाँ सामानमा यही डिसेम्बरदेखि गर्ने भनेको करवृद्धि स्थगित हुनसक्ने अमेरिकाले जनाएको छ। अमेरिका र चीनबीच भएको व्यापार वार्तामा प्रगति भएको सङ्केत गर्दै डिसेम्बरदेखि गर्ने भनेको करवृद्धि स्थगित हुने सङ्केत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख व्यापार सल्लाहकार पिटर नाभारोले शुक्रबार दिएका हुन्।
उनले भने, “अहिले अमेरिका र चीनको वार्ताको प्राथमिकतामा डिसेम्बरमा चिनियाँ सामानमाथि गर्ने भनिएको करवृद्धि रहेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि यही डिसेम्बर १५ देखि गर्ने भनिएको करवृद्धि हाललाई स्थगित गर्ने सम्भावना बढेको छ।”