arrow

ट्रेड युनियन कांग्रेस युवा समितिमा राजु र मन्दिरा निर्विरोध

logo
प्रकाशित २०७६ कार्तिक २४ आइतबार
trade2.jpg

महोत्तरी । नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश–२, युवा समितिको अधिवेशनबाट अध्यक्षमा राजु यादव र महिलामा समिति अध्यक्षमा मन्दिरा राउत निर्विरोध निर्वाचित भएका छन् ।                                            

आगामी चार वर्षका लागि युवा समिति उपाध्यक्ष रन्जित झा, महिला उपाध्यक्ष शुशिला वाग्ले, सचिव श्रीप्रसाद मैनाली, सहसचिव सुरज हमाल, कोषाध्यक्ष पुष्कल चौधरी, सदस्यहरु पुजा हमाल, सौरभ झा र सुस्मिता हमाल चयन भएका छन् । 

यसैगरी महिला समितिको उपाध्यक्ष विणा हमाल, सचिव चेतना यादव, सहसचिव शान्ति सरदार, कोषाध्यक्ष रुणा चौधरी, सदस्यहरु जशोदा कुमारी पटेल, प्रमिला चौरसिया, अजिता पासवान र पार्वती कार्की चयन भएका छन् । 

यही क्रममा प्रदेश परिषद समेत संगठन सुदृढीकरण गर्ने विभिन्न प्रस्तावहरु अनुमोदन गर्दै सम्पन्न भएको प्रदेश २ का अध्यक्ष लक्ष्मणप्रसाद कुर्मीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ