arrow

एकल इजलासबाट एकै दिन ५२ मुद्दाको फैसला

logo
प्रकाशित २०७२ चैत २७ शनिबार
court-judgement-in-hashimpura-carnage-narsanhar-kand.jpg.jpeg
मोरङ। जिल्ला अदालत मोरङको एक इजलासले एकै दिन ५२ वटा मुद्दाको फैसला गरेको छ । 
 
अदालतले पुराना मुद्दाको किनारा लगाउने योजनाअनुसार सार्वजनिक मुद्दामा धमाधम फैसला दिन सुरु गरेको हो । मुख्य न्यायाधीश विनोद मोहन आचार्यको एकल इजलासले दुई दिनअघि एकै दिन ५१ वटा मुद्दाको फैसला गरेको हो भने एउटा मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । 
 
सो इजलासले सार्वजनिक अपराधका मुद्दा ४९ वटा, नाता कायम एउटा र एउटा सम्बन्ध विच्छेदको मुद्दामा मिलापत्र गरेर ५१ वटा मुद्दा फैसला दिनुका साथै एउटा मानव ओसारपसार तथा बेचबिखन मुद्दामा थुनामा पठाउने आदेश दिएको अदालतका मुख्य न्यायाधीश आचार्यको भनाइ छ । 
 
मुख्य न्यायाधीश आचार्यका अनुसार फागुन मसान्तसम्ममा चार हजार ६१२ मुद्दा दर्ता भएकामा एक हजार ६६९ वटा मुद्दा फछ्यौट भइसकेका छन् । उनले भने – “असार मसान्तसम्ममा ६५ प्रतिशत मुद्दा फैसला गर्ने लक्ष्य लिएका छौँ ।” रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ