arrow

अयोध्यावासीको सद्भावः मन्दिर बनाउन मुस्लिमले र मस्जिद बनाउन हिन्दूले चन्दा दिने

logo
प्रकाशित २०७६ कार्तिक २५ सोमबार
ayodhaya-aarati.jpeg

काठमाडौं। अयोध्यामा यतिबेला माहौल निकै उत्साहजनक देखिएको छ। १३४ वर्ष पुरानो अयोध्याको ७० वर्षदेखिको अदालती प्रक्रिया सकिँदै शनिबार हिन्दू र मुस्लिम दुवैको जितसहितको फैसला आएपछि अयोध्यामा खुसी छाएको छ। अयोध्यामा विश्वकै सबैभन्दा ठूलो राम मन्दिर बन्नेछ भने अयोध्यामै मस्जिद पनि बन्ने बताइएको छ। 

आइतबार साँझ सरयु आरती उत्सवमा पहिलेको तुलनामा निकै भीड जम्मा भएर उत्सव मनाइएको छ। आरती उत्सवमा हिन्दूहरुको राम मन्दिर बनाउने खुसी त देखियो नै उनीहरुले मस्जिद निर्माण गर्न आफूहरुले पनि चन्दा उठाउने बताएका छन्। 

स्थानीयले अयोध्यामा राजनीति टाढिने र विकासमात्र हुने आशा लिएका छन् । अदालती फैसलाको चर्चा विशेषगरी चिया पसलहरुमा बढी हुने गरेको छ। 

festive seen in ayodhya Saryu Aarti not only Muslims but Hindus also said We will give donations for the construction of

सबैको एउटै निष्कर्ष छ कि ‘यो भन्दा राम्रो फैसला हुनै सक्दैन ।’ हिन्दूहरुले मुस्लिमहरुलाई मस्जिद बनाउन सहयोग गर्ने बताएका छन् भने मुस्लिमहरुले राममन्दिर बनाउन सघाउने बताएका छन्। मुस्लिम राष्ट्रिय मन्चका जिल्ला संयोजक कासिफ शेखले मन्दिर निर्माणका लागि १.५१ लाख भारु चन्दा दिने उद्घोष गरे। 

अदालतको फैसलापछि अयोध्या राजनीतिबाट टाढिएको बताएका छन्। सरयु आरती उत्सवमा बालबालिकासमेत रहेका थिए। उनीहरु खुसी हुँदै सेल्फीसमेत लिएका थिए। 

भाजपाको सरकार बनेपछि सरयु आरतीले निरन्तरता पाएको हो। सुरु सन् २०१३ मा भए पनि मुख्यमन्त्री योगी आदित्यनाथले सन् २०१७ को जुनदेखि सरकारी अनुदानमा गर्न आदेश दिएपछि निरन्तर चलिरहेको छ। 

अयोध्यावासीको सुझबुझले शान्ति कायम

अयोध्याको फैसलाबारे यसो भन्छन् सलमानका पिता सलिम खान

अयोध्यामा अब यस्तो बन्नेछ राम मन्दिर



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ