arrow

किवी बोटमै पाकेर कुहिन थाल्यो, भाउ नपाउँदा कृषक चिन्तित

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ कार्तिक २५ सोमबार
kiwi-farming-nepal.jpg.jpeg

पाँचथर । पाँचथरका कृषकले लगाएको किवीले बजार भाउ नपाउँदा कृषकहरु चिन्तित बनेका छन् । जिल्लाको अधिकांश पालिकामा हुने किवीले बजार नपाउँदा कृषकहरु चिन्तित बनेका हुन् ।

गाउँमा ब्यापारी किन्न नआउने,आफूले बजारमा लगेर विक्री गर्न समय लाग्ने हुँदा कृषकले लगाएको किवी बोटैमै पाकेर खेर गइरहेको छ । भाउ नपाएपछि अहिले आफूले लगाएको किवी आफैँ खाने तथा पाहुनालाई दिने गरेको फालेलुङ २ एकतिनका कृषक चुडामणि अधिकारीले बताए। अहिले प्राय जिल्लाका अधिकांश कृषकले लगाएको किवी किन्न ब्यापारीहरु नजाँदा कृषकहरु निराश बनेका हुन् ।

बजारमा अहिले किवी प्रतिकेजी २ सय रुपैया सम्म विक्री हुने गरेको छ । किवी फलको फाइदा बारे प्रचार नहुँदा पनि मानिसहरुले किवीको प्रयोग नगरेको हुन सक्ने कृषकहरुको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ