arrow

एमाओवादी एमालेमा विलय हुने खतरा; झक्कु सुवेदीका छोरा विप्लव माओवादीमा

logo
प्रकाशित २०७२ चैत २७ शनिबार
santosh-subedi-jhakku.jpg.jpeg
काठमाडौं। क्रान्तिकारी धु्रविकरणले तीव्रता पाइरहेको बेला एकीकृत नेकपा माओवादीका क्षेत्रीय इन्चार्ज नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपा माओेवादीमा प्रवेश गरेका छन्। शनिबार संवाद डबलीमा माओवादी पार्टीले आयोजना गरेको ‘क्रान्तिकारी ध्रुविकरण कार्यक्रम’मा एमाओवादीका काठमाडौं क्षेत्र नं. ४ का इन्चार्ज सन्तोष सुवेदी ‘प्रयास’ नेकपा माओवादीमा प्रवेश गरेका हुन्। पार्टी प्रवेशी प्रयासलाई कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा माओवादीका पोलिट ब्युरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज सन्तोष बुढाले खादा–टीका लगाएर स्वागत गरेका थिए। 
 
ध्रुविकरण कार्यक्रममा बोल्दै उपत्यका इन्चार्ज सन्तोष बुढाले हालै सम्पन्न नेकपा माओवादीको केन्द्रीय समितिको बैठकले लिएको निर्णयअनुरुप क्रान्तिकारी साथीहरुलाई क्रान्तिको महायात्रामा गोलबन्द हुन आह्वान गरिएको र सोही अनुरुप क्रान्तिकारी साथीहरु माओवादीमा प्रवेश गरेकोमा खुशी व्यक्त गरे। उनले यो क्रम देशभर तीव्र रुपमा चलिरहेको बताए।
 
सोही क्रममा विभिन्न पार्टीहरु छरिएर रहेका क्रान्तिकारीहरु राष्ट्रिय स्वाधीनताको रक्षा र अधुरो नेपाली क्रान्तिलाई पूर्णता दिन माओवादीमा गोलबन्द आह्वान पनि गरे। नेता बुढाले माओवादीहरुबीच एकता हुने चर्चा आत्मसमर्पणवादी र विसर्जनवादीहरुले चलाएको र एकताको विषयलाई नेकपा माओवादीले एजेण्डा नबनाएको समेत स्पष्ट पारेका छन्। 
 
एमाओवादी संसदीय माओवादी बन्न पुगेको र वैद्य माओवादी अकर्मण्यताको खाडलमा पुगेको बताए। एमाओवादी र वैद्य माओवादीभित्र रहेका सच्चा क्रान्तिकारीहरुलाई क्रान्तिकारी पार्टी नेकपा माओवादीको एकीकृत जनक्रान्तिकारीको कार्यदिशमा एकजुट हुन पनि उनले आह्वान गरे। 
 
त्यस्तै पार्टी नवप्रवेशी सन्तोष सुवेदीले एमाओवादी संसदीय भासमा फसेको र यसले राष्ट्रिय स्वाधीनताको पक्षमा कहिल्यै काम नगर्ने निष्कर्ष आफू पुगेपछि क्रान्तिकारी पार्टी विप्लव नेतृत्वको नेकपा माओवादी पार्टीमा आवद्ध हुन भएको बताए। 
 
‘एमाओवादी नेतृत्वमा चित्र र चरित्र कतैकही मेल नखाएको र यसबाट महान जनयुद्धले लिएको लक्ष्यमाथि धोका दिएकोले आज म एमाओवादी पार्टी त्यागेर क्रान्तिकारी पार्टी नेकपा माओवादीमा आएको छु’सुवेदीले भने।
 
उनले एमाओवादीका क्रान्तिकारी साथीहरु छिट्टै पार्टी छाडेर समयमै क्रान्तिकारी पार्टीमा सामेल हुन आग्रह गरेका छन्। एमाओवादी क्रमशः एमालेकरण हुँदै गएको र यसले सधैं जनतालाई धोका मात्र दिने गरेको बताए। सुवेदी एकीकृत नेकपा माओवादीका नेता झक्कु सुवेदीका जेठा छोरा हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ