arrow

खप्तड आउने पर्यटक बढे, होमस्टे बनाउन जुटे स्थानीय

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ कार्तिक २६ मंगलबार
khaptad_photo_(12).jpg

बझाङ। सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय स्थल खप्तड हेर्न स्वदेशी तथा विदेशी पर्यटक आउने संख्या दिन प्रतिदिन बढ्न थालेको छ । नेपाल भ्रमण बर्ष २०२०को पुर्व सन्ध्यामा खप्तड आउने पर्यटकहरुको चाप दिन प्रतिदिन बढ्दै गएपछि  बझाङ तर्फको खप्तड जाने अन्तिम गाउँ दारुगाउँमा पर्यटकहरुको सेवा सुविधाका लागि स्थानीयबासीहरु होमस्टेको तयारीमा जुटेका छन् ।

पछिल्लो समयमा पर्यटकहरुलाई लक्षित गरि खप्तड छान्ना गाउँपालिकाले पर्यटकहरुका लागि आवश्यक बातावरण तयार गर्न छलफल समेत गरेको छ  । जयपृथ्बी राजमार्गका तमैल देखि लामातोला हुदै दारुगाउँ सम्मको यातायातको सुविधालाई भरपर्दो बनाउन सड्कको स्थर उन्नती , दारुगाउँमा होमस्टेका लागि आवश्यक पूर्वाधार निर्माणमा जोड दिएको खप्तड छान्ना गाउँपालिका अध्यक्ष बर्क बहादुर रोकायाले बताए । उनले भने सुदूरपश्चिम प्रदेश कृषि बिकास निर्देशनालयको आर्थीक सहयोगमा एग्रो टुरिजमलाई जोडेर लिने हिसावले दारुगाउँमा यसै आर्थीक बर्ष भित्र होमस्टेका लागि केही पूर्वाधार पनि निर्माण हुन लागेका छन् त्यसै संग मिलेर गाउँपालिकाले समेत आवश्यक बातावरण तयार गर्न सहयोग गरिने छ । सडक यातायातबाट  चार पाँच घण्टा उकालो हिडेर खप्तड पुगिने हुदाँ  अहिले  खप्तड जाने प्राय सवै पर्यटकहरु बझाङको बाटो छोटो र सजिलो भएकाले यतै बाट जाने गर्दछन् ।

 खप्तड आउने जाने मानिसहरुको संख्या बढ्दै गएपछि पर्यटकहरुका लागि आवश्यक गास , वास र आबासका लागि समेत स्थानीयहरुका बिचमा छलफल हुने गरेको स्थानीय टोप खड्काले बताए । उनले भने हामीहरुले पनि केहि कुरामा ध्यान दिनु जरुरी छ । पर्यटकको आर्कषणको लागि गाउँलेहरुको पनि योगदान छ । दारुगाउँ र मेल्तडी दुई गाउँ रहेको यस ठाउँमा गाउँलेहरुको छलफलले मदिरा खाएर हो हल्ला नगर्ने , पर्यटकहरु लाई राम्रो व्यवहार गर्ने लगायतका कुराहरु बारेमा गाउँलेहरुका बिचमा छलफल भएको समेत खड्काले बताए   ।

 साथै पर्यटकहरुका  लागि सर्वसुलभ रुपमा घोडाको सुविधा दिने ,प्रत्येक घर आगन सरसफाइ गर्न पाहुनाहरु संग राम्रो व्यवहार गर्ने र प्रत्येक घरमा होमस्टे बनाउन आवश्यक तयारी थालनी गरिएको छ  । खप्तड आउने जाने  कनै पनि पर्यटक दारुगाउँ मेल्तडीमा बसोवास भएमा स्थानीय उत्पादन मात्र खुवाउने र पर्यटकहरुले माग भएमा स्थानीय लोक सस्कृति पनि पर्दशन गर्ने गाउँलेहरुको तयारी छ ।  

खप्तड आउने पर्यटकहरु धनगढी वाट डडेलधुरा खोड्पे हुदै बझाङ तमैलसम्म गाडीमा आउने गर्दछन् । तमैलमा सेती नदीमा पुल नभएकाले नदी पारी गाडी जादैनन् । तर  पारि पट्टी जिपको सुविधा भएकाले जिपमा २ घण्टाको यात्रा पछि अन्तीम गाउँ दारुगाउँमा पुगिन्छ । दारुगाउँवाट चार पाँच घन्टाको उकालो पैदल यात्रा पछि  खप्तड पुगिन्छ । दारुगाउँमा होटल संचालन गरेका  विरेन्द्र रावल पनि आजकल खप्तड आउने मनिसहरु कुनै महिना खाली नभएको बताए ।

विदेशी भन्दा स्वदेशी बढी आउन्छन् उनले भने महिनामा पाँच सात टोली आएका आएै छन् ।  उनिहरु गाँउको चिनो के छ भनेर खोज्छन्  मार्सी चामलको खात स्थानीय दाल तरकारी माछा मासु दहि दुध मह अचार चटनी सवै स्थानीय परिकार दिने गरेको छु  । पर्यटक आउने वितिकै गाउँमा फोन गरेर उनिहरुको जे खाने मन छ त्यो अनुसार खुवाउने व्यवस्था गरेको रावलले सुनाए  । हिड्न नसक्ने यात्रुहरुका लागि गाउँलेहरुले घोडाको पनि व्यवस्था गरेका छन् । यहाँ १२ वटा घोडा अहिले पनि गाउँमा छन् । गाँउलेहरुको अनुमान अनुसार वर्षमा १ हजार भन्दा बढी मानिसहरु खप्तड हेर्न वाहिर वाट मान्छेहरु आउने गर्दछन् ।

यहाँ वाट तिव्वतको कैलाश मनासरोवर र भारतको  ब्रदी केदारनाथको हिमालयन रेन्च पनि दृश्यअवलोकन गर्न सकिन्छ । साथै खप्तडवावाको कुटी दुर्लभजातका चराचुरिड्गी  फुल र जडीबुटी पनी देखीने हुदाँ यसलाइ देवभुमी र धर्तीको स्वर्ग भनेर पनि चिनिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ