arrow

उत्तर-दक्षिण सिमा समस्या समाधान गर्न सरकार चुक्नुहुँदैन : वरिष्ठ नेता पौडेल

logo
प्रकाशित २०७६ कार्तिक २७ बुधबार
ram-chandra-poudel-nijgud.jpg

निजगढ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थीर सरकार भएको बेलामा प्रतिपक्षको समेत साथ पाएको बर्तमान सरकारलाई सिमा सम्बन्धी सवै समस्या समाधान गर्न सवैभन्दा उत्तम समय भएको बताएका छन्।

बाराको निजगढमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले सिमा समस्या विगतदेखि कै भएपनि बर्तमानमा जस्तो स्थीर सरकार र सवै राजनीति शक्तिको साथ कहिल्यै नपाएको बताए।

पौडेलले भने–‘सिमाको समस्या धेरै पहिले देखि हो तर यो पटक हामी चुक्न हुँदैन। हामीले प्रधानमन्त्रीलाई भनेका छौ तपाईले कुटनीतिक पहल गरेर समाधान गर्नु जरुरी छ। दक्षिणतिर मात्र होइन नेपालको उत्तरी भागमा पनि सिमा विवाद छन्। आफ्नो देशको सिमा सुरक्षाका लागि हामी एक छौ। प्रधानमन्त्रीको गफ मात्रै हो कि काम पनि हो। हामीले हेर्ने बेला आएको छ।’

वरिष्ठ नेता पौडेलले कांग्रेसलाई अब नयाँ शिराबाट अगाडि बढाउन जरुरी रहेको बताउदै त्यसका लागि छिट्टै महाधिवेशन कार्यतालिका तय बनाएर अगाडि बढ्नुको विकल्प नभएको स्पष्ट पारे। 

पौडेलले भने–‘कार्यकर्ताको न्याय निष्पक्ष र पारदर्शी मुल्याङकन आवश्यक छ। दुई महिनामा गर्र्नुपर्ने काम अब महाधिवेशनको तयारी थाल्नुपर्ने बेलामा गरेर काम छैन्। अब जालझेलको राजनीतिले पार्टी टिक्न सक्दैन्। यो पक्ष उ पक्ष होइन पार्टीलाई ठुलो मिसनमा अगाडि बढाउन अब कांग्रेसको कार्यकर्ता भएर काम गर्नुपर्ने बेला आएको छ। अहिलेको उपनिर्वाचनले हाम्रो जनमतको नमूना देखाउछ।’

कांग्रेस वरिष्ठ नेता पौडेलले निजगढ विमानस्थल र फाष्टट्रयागलाई सरकारले गति दिन नसकेको भन्दै आपत्ती जनाए। उनले विमानस्थल बनाउनेक्रम आवश्यक मात्र रुख कटान गर्नुपर्ने पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ