उत्तरी अफगानिस्तानमा सडक दुर्घटना, २८ जनाको मृत्यु
सिन्ह्वा,
प्रकाशित २०७६ कार्तिक २७ बुधबार
1.2k
Shares
अफगानिस्तान। उत्तरी अफगानिस्तानमा मङ्गलबार भएका दुई वटा सडक दुर्घटनामा २८ जनाको मृत्यु हुनुका साथै नौ जना घाइते भएका छन्। स्थानीय अधिकारीहरुका अनुसार उत्तरी बाघलान प्रान्तमा मङ्गलबार बिहानै भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएका थिए।
जिल्ला प्रमुख लुतफुल्लाह हातिफले बिकट गाउँको धुलौटे बाटोमा गुडिरहेको मिनिबस खोंचमा झरेको बताए। घाइतेहरुको उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।
गत सोमबार साँझ यस्तै किसिमको दुर्घटनामा ११ जनाको ज्यान जानुका साथै तीन जना घाइते भएका छन्। बाल्खाब जिल्लाको पहाडी सडकमा गुडिरहेको मिनिबस अनियन्त्रित भई नदीमा खसेको स्थानीय अधिकारीहरुले बताएका छन्।
सडकको दुरवस्था र चालकको लापरवाहीका कारण अफगानिस्तानमा बारम्बार गम्भीर सडक दुर्घटना हुने गरेको छ।