arrow

कमल थापाको असन्तुष्टिले केही फरक पार्दैनः उपप्रधानमन्त्री रायमाझी

अहिले ओलीको विकल्प छैन

logo
प्रकाशित २०७२ चैत २७ शनिबार
top-bahadur-rayamajhi.jpg.jpeg
काठमाडौं। उपप्रधान एवम् उर्जामन्त्री टोपबहादुर रायमाझील संघीयता कार्यान्वय गर्न बनेको संघीय आयोगवारे सरकारकै उपप्रधानमन्त्री कमल थापाको असन्तुष्टिले कुनै फरक नपर्ने बताएका छन् । उनले भने, ‘‘सरकारमै बसेर असन्तुष्टी व्यक्त गर्नुको कुनै तुक छैन तर परिवारमा त कहिले असन्तुष्टि हुन्छ, त्यसैले हामी सरकारमा पनि धेरै दल छौं, असन्तुष्टि हुनु स्वभाविक हो ।’ 
 
बावुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा आफू कुनै पनि हालतमा नजाने ठोकुवा गर्दै उनले भने,‘नयाँ नेपालमा नयाँ पार्टीहरु जन्मिन्छन्, तर आजको दिनमा एमाओवादी सवै हिसावले राष्ट्र विकासको पहेदार भएकाले म यही पार्टीमै बसेर जनताको सेवा गर्छु ।’
 
फरक प्रसंगमा मन्त्री रायमाझीले ओली नेतृत्वको सरकारले स्थानीय निर्वाचन र संसदीय निर्वाचन गराएरमात्रै सत्ता हस्तान्तरण गर्ने दाबी गरे । उनले भने,‘यो सरकार ढल्ने सम्भावना नै छैन, यसले आफ्नो कार्यकाल पूरा गरेरै छाड्छ ।’
 
वर्तमान सरकार ढाल्न एमाओवादी अध्यक्ष नै लागिपरहेका छन नि भन्ने सञ्चारकर्मीको जिज्ञासमा मन्त्री रायमाझीले भने,‘यो मिथ्या हो, यो वामपन्थीको सरकार हो, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख वामपन्थीको छ, मुलुक वामपन्थीमय बनेको छ, यो अवस्थामा अध्यक्ष प्रचण्ड पनि सरकार परिवर्तन गर्ने पक्षमा हुनुहुन्न, त्यसैले अहिले ओलीको विकल्प छैन ।’ 
 
उनले ओलीकै नेतृत्वमा सहभागी भएर संविधान कार्यान्वयन गर्न प्रतिपक्षी दल काँग्रेस र मधेशवादी दलहरुलाई समेत आग्रह गरे् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ