arrow

शिखरसहितको विन्टरसेलमा उपभोक्ताको ओइरो, लगनको जुत्ता लिन आएकाले जन्तीलाई समेत लगे  

logo
प्रकाशित २०७६ कार्तिक २८ बिहिबार
shikhar-shoe.JPG

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी शिखर सहितका ब्राण्डका जुत्ताचप्पल विन्टर सेल मेलामा उल्लेख्य मात्रामा उपभोक्ताको भीड लागिरहेको छ । 

छोटो समयका लागि राखिएको मेलामा उपभोक्ताको ओइरो लाग्दै गएपछि मेलाको समय पनि लम्बिदै गएको छ । मेला कम्तीमा मंसिर पहिलो सातासम्म चल्ने बताइएको छ । 

मेलामा स्तरीय र आकर्षक जुत्ताहरु रहेको उदाहरणका रुपमा विकास महर्जन पनि परेका छन् । ललितपुरका उनी भाइको बिहेको लगनको जुत्ता लिन मेलामा छिरेका थिए । तर आकर्षण बढ्दै गएपछि जन्तीका लागि पनि ९ जोर जुत्ता लगेकोबाट प्रमाणित हुन्छ । 

उनले ‘हेरम् न त भनेर छिरेको थिएँ । हेर्दा हेर्दै अरु पनि मन परे । अन्त महंगो पर्ने यहाँ सस्तो लाग्यो । एकैठाउँबाट लिँदा सजिलो पनि भयो । मलाई त लगनको जुत्ता लिन आउँदा लगनमै हिडेको रैछु जस्तो लाग्यो’ हाँस्दै भने । 

एक पटक आएर फेरि दोहोरिने उपभोक्ता पनि छन् । आफूलाई लगेको जुत्ता मन परेपछि पुनः आउने र परिवारका लागि समेत पनि लैजाने क्रम बढेको हो । 

सस्तोमा पाउने भएपछि स्टकका रुपमा पनि जुत्ता लैजाने चलन बढेको छ । जाडो मौसम सुरु भइरहँदा गर्मीका लागि र चप्पलसमेत पनि गरी बर्षैभरिको मौसमलाई ठीक हुने गरी जुत्ताचप्पल लैजाने क्रम बढेको छ । 

विद्यार्थीका लागिदेखि स्पोर्टस् र पार्टीदेखि औपचारिक कार्यक्रममा जाने सबै खालका जुत्ता भृकुटीमण्डपको मेलामा पाउने भएपछि यसले ठूलो योगदानसमेत पुर्याएको बुझ्न सकिन्छ । 

विन्टर सेल मेलामा शिखर सुजका साथै बिएफ डियर हिल र रन सुजका जाडो लक्षित जुत्ता उपलब्ध छन् । 
वारेन्टीसहितका जुत्ताचप्पल पाइने र विवाहका लागि अझ बढी आकर्षणको केन्द्र बनेको छ । विवाहको सिजनलाई लक्षित गरेर ५० भन्दा बढी प्रकारका पार्टी सुज समेत यही मेलामै राखिएका छन् । 

सदावहार मेलाभन्दा फरक भएकाले पनि होला ग्राहकको ओइरो नै लागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ