arrow

‘लता दिदीको स्वास्थ्यलाई लिएर अफवाहको पछि नलागौ’

logo
प्रकाशित २०७६ कार्तिक २८ बिहिबार
lata.jpg

काठमाडौं । भारतीय चर्चित गायिका लता मंगेशकर गम्भीर बिरामी भएकी छिन् । ९० वर्षीया लता अस्पतालमा जीवनका लागि संघर्षरत छिन् । 

अस्पतालले उनको स्वास्थ्यमा सुधार आउन अझै केही दिन लाग्ने बताइरहँदा उनले प्राण त्यागेको अफबाह पनि आइरहेको छ । 

यो अफबाहप्रति उनको टिमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उनको टिमलाई उधृत गर्दै समाचार एजेन्सी एएनआईले भनेको छ, ‘लता दिदीको स्वास्थ्य स्थीर तर सुधारोन्मुख रहेको छ । अनावश्यक अफबाहको पछि नलागौं । हामी सबैले उहाँको सुस्वास्थ्यका लागि कामना गरौं ।’

सिंगो बलिउडले उनको स्वास्थ्यलाभको कामना गरेको छ । 

आइसियूमा नै छिन् लता मंगेशकर ठीक हुन समय लाग्नेछ : अस्पताल



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ