arrow

बिशिष्ट गुण भएको कफी उत्पादनमा सिन्धुपाल्चोक सबैभन्दा अगाडी  

logo
प्रकाशित २०७६ कार्तिक ३० शनिबार
coffee.jpg

काठमाडौं। कफी क्षेत्रमा संस्थागत रुपमा आबद्ध कफी उत्पादक सहकारी संघहरुलाई प्रबद्दन तथा प्रोत्साहन गर्ने उदेश्यले राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड, क्षेत्रिय कार्यलय, पोखराले आयोजना गरेको प्रथम राष्ट्रिय कफी कपिंग प्रतियोगिता २०७६ मा जिल्ला कफी सहकारी संघ, सिन्धुपाल्चोकले ८५.५ अंक सहित प्रथम स्थान हासिल गरेको छ। 

बोर्ड, क्षेत्रिय कार्यालय पोखरामा कार्तिक २१ देखि २३ गतेसम्म र राष्ट्रिय कफी एकेडेमी, ललितपुरमा ४ दिन गरि १ हप्ता सम्म देशब्यापी रुपमा बिभिन्न जिल्ला कफी सहकारी र उत्पादक संघबाट प्राप्त १६ वटा कफी नमुनाको कफी कपिंग गरि त्यसको स्वाद र गुणस्तर परिक्षणमा सिन्धुपाल्चोक प्रथम भएको थियो। 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा कफी कपिंगबाट त्यसको स्वाद र गुणस्तर परिक्षण गरेपछि मात्र कफीको मूल्य निर्धारण गरिने कुरा बोर्ड, नेशनल कफी एकेडेमीका अध्यक्ष तथा ग्रेडर डा राज कुमार बन्जराले बताए। 

अन्तरार्ष्ट्रिय रुपमा प्रमाणित प्राबिधिक निमा तेन्जिंग शेर्पाले सिन्धुपाल्चोकको कफीमा हुने बिभिन्न गुणहरु जस्तै अरोमा, एसीडीति, बोडी, आफ्टरटेस्ट, स्विटनेस लगायतका गुणहरु सन्तुलित स्वाद र गुणस्तरको रहेको तथा केहि मात्रमा मह र लेमनग्रास जस्तो स्वाद रहेको बताए।

त्यस्तै दोश्रो स्थानमा रहेको जिल्ला कफी सहकारी संघ, गुल्मीले ८४.७५ अंक प्राप्त गरेको छ। जिल्ला कफी सहकारी संघ, गुल्मीबाट उत्पादित कफीमा केहि अमिलो फलफूल जस्तै सुन्तला, लेमन लगायतको मिश्रित स्वाद कपिंग गर्दा पाइएको थियो। तेश्रो स्थान जिल्ला सहकारी संघ, गुल्मीले ८४ अंक सहित तेश्रो स्थान प्राप्त गर्न सफल भएको छ। चौथो स्थानमा कास्की जिल्लाको ब्लु माउन्टेन अर्गानिक फर्म, पोखरा २१ मा उत्पादित कफीले ८३.७५ अंक प्राप्त गरेको छ। पाँचौ स्थानमा जिल्ला कफी सहकारी संघ, नुवाकोटबाट उत्पादित कफीले ८३.५ अंक प्राप्त गरेको छ भने जिल्ला कफी सहकारी संघ, कास्कीले ८२.२५ अंक प्राप्त गरको छ। जिल्ला कफी सहकरी संघ, लम्जुङले ८१.५ अंक प्राप्त गरेको छ। त्यस्तै जिल्ला कफी सहकारी संघ, तनहु र पर्बतले तुलनात्मक रुपमा ललितपुर, काभ्रे लगायत अन्य जिल्ला भन्दा कम अंक प्राप्त गरेका छन्।

बिश्व बजारमा कफीको स्वाद तथा गुणस्तर मापदण्ड निमार्ण गर्ने संस्था स्पेसियाल्टि कफी एस्सोसियसनले कफी कपिंगमा ८० भन्दा बढी अंक प्राप्त गर्ने कफीलाइ स्पेसियाल्टटि अर्थात् बिशिस्ट गुण भएको कफीको रुपमा बढी मूल्यमा बिक्रि हुने कुरा बोर्ड, क्षेत्रीय कार्यालय पोखराका प्रमुख चन्द्र पुरीले बताए। त्यस्तै समग्र रुपमा नेपाली कफी विश्व बजारमा उच्च कोटीको अर्थात बिशिस्ट गुण भएको पाइए पनि कृषकहरुले प्रसोधनमा त्यति ध्यान नदिदा गुणस्तर खस्किन सक्ने र कम मूल्यमा बिक्रि गर्नपर्ने अवस्था सिर्जना हुने बताए।

अघिल्लो बर्ष मात्रै नेपाली कफीले विश्व बजारमा कपिंग गर्दा ९० भन्दा बढी अंक प्राप्त गरेको र नेपाली कफी ब्रान्डको रुपमा स्थापित भइरहेको तर माग अनुसार उत्पादन र गुणस्तर सुधार गर्न नसक्दा पछि पर्ने सकिने तर्फ सबै कृषकहरुलाई सचेत रहन आग्रह गरे।

प्रथम स्थान सहित, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने कफी सहकारी संघलाइ १५ औ राष्ट्रिय कफी दिवस मंसिर १ गते गुल्मी जिल्लामा रु १०,००० सहित पुरस्कार वितरण गरिने कुरा कार्यलय प्रमुख चन्द्र पुरीले जानकारी दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ