arrow

भक्तपुरका कांग्रेस उम्मेदवार भडेललाई मातृशोक, चुनावी सभा स्थगित

logo
प्रकाशित २०७६ मंसिर १ आइतबार
setimaya-bhadel-nc.jpg

काठमाडौँ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं १ (क) प्रदेश सभाका लागि नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेललाई मातृशोक परेको छ ।

भडेलकी आमा सेतिमाया भडेलको उपचारको क्रममा मध्यपुर थिमी अस्पतालमा आइतबार बिहान निधन भएको काँग्रेस भक्तपुरले जनाएको छ । उनको बिहान १० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कांग्रेस महासमिति सदस्य विष्णुराज कार्कीले जानकारी दिए । 

सेतिमायाको निधनले चुनावको मुखमा भक्तपुर कांग्रेस शोकमा परेको छ । 

नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्य समितिले अर्को निर्णय नहुदासम्म पुर्वनिर्धारित सवै चुनावी कार्यक्रमहरु स्थगित गरिएको जनाएको छ । 

कृष्णलालको चुनावी प्रचार प्रसारका लागि आइतबार आयोजना हुने भनिएको चुनावी सभालाई काँग्रेस नेता गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम थियो ।

नेता थापाले उम्मेदवार भडेललाई मातृशोक परेकोमा गहिरो दुःख व्यक्त गर्दै शोकाकुल भडेल परिवारजनमा समवेदना प्रकट गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ