arrow

जुत्ता चप्पल मेला सकिनै लाग्दा भृकुटीमण्डपमा उपभोक्ताको भीड बाक्लियो

logo
प्रकाशित २०७६ मंसिर १ आइतबार
shikhar1.jpg

काठमाडौं। राजधानीको भृकुटीमण्डपमा जारी जुत्ताचप्पलको विन्टर सेल मेला सकिनै लाग्दा उल्लेख्य मात्रामा उपभोक्ताको भीड बढेको छ । छोटो समयका लागि राखिएको मेला सकिनै लाग्दा उपभोक्ताको ओइरो लागेको हो। मंसिरको पहिलो सातासम्म चल्ने मेलामा पछिला दिनमा उपभोक्ताको भीड बढेको हो।

शिखर, विएफ डीएरहील र रन शुज रहेको मेलामा स्तरीय र आकर्षक जुत्ताहरु रहेको उपभोक्ताहरु बताउँछन्। त्यसमा पनि उभोक्ताका लागि छुट सुनमा सुगन्ध नै भएको छ।

भाइको बिहेका लागि जुत्ता किन्न आइपुगेका वालाजुका रमेश थापा उचित मुल्यमा आकर्षक जुत्ता पाएपछि परिवारका लागि ५ जोर जुत्ता लिएर निस्किए।  उनले राम्रो लागे लिनुपर्ला भनेर छिरेको उचित मूल्यमा राम्रो सामान पाएपछि ५ जोर किनेर निस्केको बताए।

एक पटक आएर फेरि दोहोरिने उपभोक्ता पनि छन् । आफूलाई लगेको जुत्ता मन परेपछि पुनः आउने र परिवारका लागि समेत पनि लैजाने क्रम बढेको हो।

सस्तोमा पाउने भएपछि स्टकका रुपमा पनि जुत्ता लैजाने चलन बढेको छ । जाडो मौसम सुरु भइरहँदा गर्मीका लागि र चप्पलसमेत पनि गरी बर्षैभरिको मौसमलाई ठीक हुने गरी जुत्ताचप्पल लैजाने क्रम बढेको छ ।

विद्यार्थीका लागिदेखि स्पोर्टस् र पार्टीदेखि औपचारिक कार्यक्रममा जाने सबै खालका जुत्ता भृकुटीमण्डपको मेलामा पाउने भएपछि यसले ठूलो योगदानसमेत पुर्याएको बुझ्न सकिन्छ ।  विन्टर सेल मेलामा शिखर सुजका साथै बिएफ डियर हिल र रन सुजका जाडो लक्षित जुत्ता उपलब्ध छन् ।

वारेन्टीसहितका जुत्ताचप्पल पाइने र विवाहका लागि अझ बढी आकर्षणको केन्द्र बनेको छ । विवाहको सिजनलाई लक्षित गरेर ५० भन्दा बढी प्रकारका पार्टी सुज समेत यही मेलामै राखिएका छन् । सदावहार मेलाभन्दा फरक भएकाले पनि होला ग्राहकको ओइरो नै लागेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ