काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य बीर बहादुर बलायरले नेपाली विद्यार्थी संघको महाधिवेशन जुनसुकै हालतमा गराउने प्रतिबद्धता गरेका छन्। नेपाल विद्यार्थी संघ डोटी, काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बलायरले भात्रृ संस्थाहरुमा अब महाधिवेशनबाट नयाँ नेतृत्व आउने बताए। उनले नेविसंघका कार्यकर्ताहरुलाई महाधिवेशनको तयारीमा जुट्न समेत निर्देशन दिए।
नयाँ वर्ष २०७३ को उपलक्ष्यमा शुभकामना आदान प्रदान, भित्ते पात्रो विमोचन तथा अभिनन्दन कार्यक्रममा बलायर सम्वोधन गर्दै थिए। नेपाल विद्यार्थी संघ डोटी काठमाडौं सम्पर्क समितिका अध्यक्ष टेकराज अवस्थीको सभापतित्वमा भएको कार्यक्रममा डोटी जिल्लाका नेपाली काँग्रेसका ३ जना सांसद बीर बहादुर बलायर, भरत बहादुर खड्का र कल्पना सोपलाई लोकतान्त्रिक संविधान निर्माणमा खेल्नु भएको भूमिकाका निम्ति अभिनन्दन गरिएको थियो।