arrow

नेपाल र बंगलादेश मैदानमा, नेपाल ब्याटिङमा 

logo
प्रकाशित २०७६ मंसिर २ सोमबार
nepal-cricket2.jpg

काठमाडौं । बंगलादेशमा भइरहेको एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा सोमबार नेपालले समूह चरणको अन्तिम खेलमा आयोजकसंग खेलिरहेको छ । 

सभारमा जारी खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । सुरुआत राम्रो गरिरहेको नेपालका लागि ओपनिङमा कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले सम्हालिरहेका छन् । 

यसअघिका दुवै खेलमा रन जोड्न नसकेका ज्ञानेन्द्र यो खेलमा केही आक्रामक देखिएका छन् । समुह ’बी’ मा रहेको नेपाल र बंगलादेशले समान दुई खेल खेलेका छन् ।

दुवै खेलमा जित निकालेको बंगलादेश समूहको शीर्ष स्थानमा छ । नेपाल एकमा जित र एकमा हार ब्यहोर्दै तालिकाको तेस्रो स्थानमा छ ।

नेपाल बिहीबार भएको पहिलो खेलमा भारतको यू–२३ टिमसँग ७ विकेटले पराजित भएको थियो ।

यस्तै शनिबार भएको दोस्रो खेलमा हङकङलाई ४० रनले पराजित गर्दै सेमिफाइनल प्रवेशको सम्भाबनालाई जिवित राखेको थियो ।

अघिल्लो चरण प्रवेशको लागि नेपाललाई बंगलादेशविरुद्ध जित निकाल्नै पर्ने दबाब छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ