arrow

‘ रेष्ट्रो मेनु एप ’ को शुभारम्भ 

logo
प्रकाशित २०७६ मंसिर २ सोमबार
restro-app.jpg

काठमाडौं । नेपालमै पहिलो पटक रेस्टुरेन्टहरुको बारेमा सम्पूर्ण जानकारी गराउने उद्देश्यले ‘‘रेष्ट्रो मेनु एप ’’ शुरु गरिएको छ । स्मार्ट अनलाइन सोलुसन प्रालिले निर्माण गरेको एपको एक कार्यक्रमका बीच होटल उद्यमी, लेखक तथा सामाजिक अभियान्ता कर्ण शाक्यले शुभारम्भ गरे । 

शुभारम्भ कार्यक्रममा बोल्दै शाक्यले युवाहरुले प्रविधिको सहि सदुपयोग गरेका यस्ता कार्यहरुको सबैले अनुसरण गनुपर्नेमा जोड दिदैं एपको पूर्ण सफलताको शुभकामना दिए। देशमा यस्तै एपहरुको स्थापना भएमा देश धनी हुने उनले बताए ।  

रेस्टुरेन्ट पारखीहरुले अब एउटा मोबाइल एपको प्रयोग मार्फत आफुले मनमा लागेको कुरा रोजेर खाना खान मिल्ने र एपमा कुन खानाको मुल्य कति भन्ने जानकारी लिन मिल्ने स्मार्ट अनलाईन सोलुसनका अध्यक्ष ध्रुब शर्माले जानकारी दिए । 

एपले रेस्टुरेन्ट संचालकको अब आफ्नो व्यवसाय प्रबर्दन गर्ने उपयुक्त माध्यम बन्ने र रेस्टुरेन्ट, ग्राहकबिच पुलको काम गर्नुका साथै व्यवसायलाई आधुनिक प्रविधिसँग जोडी सरल र सहज बनाउने विश्वास लिईएको छ। जसले महत्वपूर्ण समय र पैसाको पनि बचत हुन्छ । 

बिदेशहरुमा व्यापक रूपमा चलेको प्रबिधि नेपालमा भित्राएपछि अब आफुले रोजेको र खोजेको खाना खान अब भोतारिदै हिड्नु पर्ने अवस्थाको अन्त्य हुने अध्यक्ष शर्माले बताए । हाल काठमाडौं लगायत नेपालका प्रमुख पर्यटकीय ठाउँ पोखरा, चितवन, लुम्बिनी र भैरहवा सहित नेपालका विभिन्न स्थानका करिब २ हजार रेस्टुरेन्ट यस एपमा आबद्ध भईसकेका छन् । 

६ महिनामा करिब ५ हजार, १ बर्ष भित्रमा नेपालभरका करिब दश हजार रेस्टुरेन्ट यस एपमा जोड्ने र आगामी २ बर्ष भित्र अन्तर्राष्ट्रिय स्तरमा समेत जोड्ने योजना रहेको निर्माण पक्ष स्मार्ट अनलाईन सोलुसनले जनाएको छ । 

कार्यक्रममा सफल व्यबसायी तथा समाजसेवी खुमा अर्याल लगायत बिभिन्न संघसंस्थाका प्रतिनिधि, होटल व्यबसायी, पर्यटन व्यबसायी र कलाकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा स्मार्ट अनलाइन सोलुसन प्रालिका म्यानेजिङ डिरेक्टर सुरेश रेग्मी, म्यानेजर जगत नेपाल लगायतले एपका बिषयमा जानकारी दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ