९ बर्षमै स्नातक गर्ने लोरेन्टलाई स्नातकोत्तर गर्न ठूला विश्वविद्यालयको अफरै अफर
प्रकाशित २०७६ मंसिर ३ मंगलबार
825
Shares
काठमाडौं । बाल्यावस्था जीवनको सबैभन्दा सुनौलो क्षण मानिन्छ। धेरै जसो बालबालिकाहरू नौ वर्षको उमेरमा गुणा गर्ने, पढ्ने र लेख्ने कुरा सिकिरहेका हुन्छन् । युरोपीयन देश बेल्जियममा बस्ने लोरेन्ट साइमोन्स नाम गरेका एक बालक भर्खरै ९ बर्षका भए । तर लोरेन्टले यसै बर्षको डिसेम्बरमा स्नातक पूरा गर्दैछन् ।
९ बर्षको उमेरका लोरेन्टले ईन्जिनियरिङ जस्तो गाह्रो कोर्स डिसेम्बरमा पूरा गर्नेछन् र ईन्जिनियरिङको डिग्री प्राप्त गर्नेछन्। तेज दिमागकै कारण लोरेन्टले नौ महिनामा आफ्नो स्नातकको पढाइ पूरा गर्दै छन् । उनि इन्धोवेन यूनिभर्सिटी अफ टेक्नोलोजीबाट इलेक्ट्रिक इञ्जिनियरिङमा स्नातक गरिरहेका छन् ।
लोरेन्टका आमाबुबाका अनुसार लोरेन्टको जन्म भएको समय उनका हजुरबा हजुरआमाले भगवानको तर्फबाट हामीलाई उपहार पाएको बताएका थिए । उनिहरुले भने,' जब स्कूलमा पढ्ने क्रममा शिक्षकहरूले लोरेन्टको प्रशंसा गरे, तब हामीले पनि महसुस गर्न थाल्यौं कि यस बच्चामा केही फरक कुरा छ। शिक्षकहरूले लोरेन्टमा केही विशेष कुरा देखे।'
लोरेन्टले चार वर्षको उमेरमा स्कूल जान सुरू गरेका हुन् । उनले आफ्नो पाँच बर्षको पढाइ मात्र १२ महिनामा पुरा गरे । लोरेन्टको वर्तमान शिक्षकले आफ्नो करियरमा भेटिएका सबैभन्दा बुद्धिमान छात्राको तुलनामा यी तीन गुणा बढी चलाख रहेको दावी गरेका छन्।
सानो बालकको पढाइ देखेर लोरेन्टका अभिभावकदेखि शिक्षकहरूसम्म सबैजना छक्क परे। उनिहरुको एकै प्रश्न थियो,'एक बालक पढ्नमा यत्तिको चलाख कसरी छ?' यस्तो अवस्थामा, उनकी आमाले भनिन् ,'मैले लोरेन्ट जन्मनुभन्दा पहिले माछा खाएको थिएँ।'
लोरेन्टको आइक्यू सामान्य मानिसको भन्दा ज्यादा छ । उनको आइक्यू स्तर १५५ रहेको छ।
लोरेन्टको तेज दिमाग देखेर विश्वभरका ठूला विश्वविद्यालयहरूले उनलाई स्नातकोत्तर अध्ययनको लागि बोलाइरहेका छन्। लोरेन्ट ईन्जिनियरिङको अध्ययन पूरा गरेपछि एक अन्तरिक्ष यात्री वा हार्ट सर्जन बन्न चाहन्छन्।